बुधबार, बैशाख १७, २०८२
English
Follow us:

महेशको ‘हल्कारा’अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा छनोट

महेशको ‘हल्कारा’अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा छनोट

  • खबर सेवा

  • सोमवार, बैशाख ५, २०७९

  • 77
    SHARES
महेशको ‘हल्कारा’अमेरिकाको ह्युस्टन फिल्म फेस्टिभलमा छनोट


पोखरा \ अभिनेता महेश त्रिपाठी अभीनित फिल्म ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा छनोट भएको छ । अप्रिल २० देखि २४ सम्म टेक्सासमा चल्ने फिल्म फेस्टिभलमा ‘हल्कारा’को वल्र्ड प्रिमियर हुन लागेको हो । ५ दिनसम्म चल्ने फेस्टिभलमा यो फिल्म २३ तारिखका दिन राति ९ बजे फिल्मको स्क्रिनिङ रहेको छ ।

जीवनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । त्रिपाठी अभिनीत ‘चपली हाइट ३’मा भर्खरै देखिएका महेशले यो फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्वः दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारसँग अभिनय गरेका छन्

विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन्

वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भइरहेको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन हुँदैछन् । नेपालमा पनि यो फिल् चाँडै रिलिज गर्ने तयारी गरिरहेको निर्माता रामकृष्ण पोखरेलले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology