प्रदेश

सेती खोंच एक पर्यटकीय गन्तव्य बन्न सक्ने

पोखराको भूगर्भबाट बग्ने चर्चित सेती नदीलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने पोखरामा आयोजित एक अन्तक्र्रिया कार्यक्रमका वक्ताले बताएका छन् ।

पोखराको युनाइटेड क्लबले आफ्नो १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको ‘पोखरामा सेती खोंच एक पर्यटकीय गन्तव्य’ विषयक अन्तक्र्रिया कार्यक्रम सहभागी वक्ताहरुले सेती गल्छीलाई एक साहसिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने सम्भावना रहेको कुरा वताएका छन् ।

बहसमा भूगोलविद् प्रा डा कृष्ण केसीले अन्नपूर्ण हिमालदेखि तनँहुको भिमादसम्मको वृत्तचित्र प्रस्तुत गर्दै सेती गल्छीलाई साहसिक पर्यटकीय गन्तब्यका रुपमा विकास गरी उक्त ठाउँलाई भूगोलका विद्यार्थीलाई अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिने विचार व्यक्त गरेका छन् । भूगर्भबाट सुस्ताइरहेको सेतीले पर्यटकको ध्यानाकर्षण गर्न सक्ने जनाउँदै क्लबले सेती गल्छीका बारेमा चासो राखेर अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्नु निकै सकरात्मक भएको बताएका छन् ।
वातावरणविद् एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त योजनाका सदस्य जुद्धबहादुर गुुरुङले सेती नदीको गल्छीले पर्यटकीय गन्तब्य बन्नसक्ने जनाउँदै क्लबको पहलमा छिट्टै एक साहसिक पर्यटकीय गन्तब्य बन्नेमा विश्वस्त रहेको बताएका छन् ।

उनले आफ्ना तर्फबाट गर्नुपर्ने सहयोगका लागि प्रतिबद्धतासमेत जनाएका छन्। उनले कोरोनाले सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न यस्ता पर्यटकीय सम्भावना बोकेका चर्चित स्थानको खोजी गरेर प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबको पहलमा पोखरामा खुल्ला चिडियाखाना निर्माणको कार्य सुरु भइसकेको र हाल निर्माणकार्य जारी भइरहँदा क्लबले लिएको अर्को उद्देश्य सेती नदी संरक्षणसँगै नदीलाई एक उत्कृष्ट पर्यटकीय गन्तब्य निर्माण गर्नका लागि सानो पहलकदमी थालनीस्वरुप कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

पोखरालाई उत्कृष्ट पर्यटकीय शहरका रुपमा विकास गर्न युनाइटेड क्लबले आफ्नो ठाउँबाट विभिन्न गतिविधि गर्दै आएको उहाँको भनाइ थियो । उहाँले आगामी दिनमा पोखराको बीच भागबाट बग्ने सेती नदीलाई उत्कृष्ट पर्यटकीय गन्तब्य निर्माण गर्न आफूहरुले पहल गर्ने र सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने जानकारी गराउनुभयो ।

क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले चिडियाखानालाई प्रक्रिया पूरा गरी प्रदेश सरकारलाई जिम्मा दिएपश्चात् डिभिजन वन कार्यालयको मातहतबाट सञ्चालनको कार्य भएको जनाउँदै सेती खोंचलाई पनि यसको सम्भाव्यता अध्ययन गरी एक साहसिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने क्लबको उद्देश्य रहेको बताउनुभयो ।

अन्नपूर्ण हिमालबाट बग्दै आएको उक्त नदी पोखराको बीचभागबाट कतै लुक्दै त कतै देखिदै बग्दाको दृश्य निकै सुन्दर देखिन्छ । देवघाटको त्रिशूलीमा बिलिन हुने यस खोंचलाई विभिन्न साहसिक गतिविधि सञ्चालन गरेर पर्यटकीय गन्तब्य बनाउन सकिने सम्भावनाबारेमा बहस भएको क्लबका सचिव दिनेश सुनारले जानकारी दिनुभयो ।

प्रा डा इन्द्र तिवारी, प्राडा कृष्णप्रसाद पौडेल, भूगर्वविद् सोमनाथ सापकोटा, सहप्रध्यापक रामजी पोख्रेल, नागरिक समाजका अभियानकर्मी रामबहादुर पौडेल, युवा व्यवसायी तथा पर्यटनकर्मी अनिल थापा, गणेश तिमिल्सिनालगायतले सेती खोंचका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

सम्बन्धित समाचार

हिक्मत कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण

हिक्मत कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले उनलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण...

एमाले अध्यक्ष ओलीद्धारा मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीद्धारा मनोनयन दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराउनुभएको छ । झापा ५ को निर्वाचन...

काभ्रे २ मा रास्वपाबाट बदन भण्डारी उम्मेदवार

काभ्रे २ मा रास्वपाबाट बदन भण्डारी उम्मेदवार

काठमाडौँ।  आगामी प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी उम्मेदवार बन्नुभएको छ। उहाँले सोमबार...

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

दुर्गा प्रसाईं पोखराबाट पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ पर्नुभएको छ। निर्वाचन बहिष्कारदेखि विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेर सरकारसँग सम्झौतासमेत...