प्रमुख खवर

अमेरिकी दुतावासको साथ पत्रकार महिलालाई

काठमाडौं । नेपालस्थित अमेरिकी राजदुत र्यान्डी बेरीले नेपाल र अमेरिकाबीचको सम्वन्ध अद्वितीय रहेको बताएका छन् ।पत्रकार महिलाको सशक्तीकरणका लागि आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

भौतिक रुपमा एक अर्काको नजिक नभएपनि  पारदर्सिता, जवाफदेहिता र न्यायको लागि आपसमा दुवै देश लडिरहेको उनले बताए । जस्तोसुकै अवस्थामा पनि पत्रकारको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ । पत्रकार जिज्ञासु, निष्पक्ष र सन्तुलित हुनुपर्ने  जनाएका छन् । पत्रकारको प्रतिष्ठा र पेशालाई खतरामा पार्ने काम नगर्न उनले आग्रह गरेका छन् ।

दुतावासले विगतका समयमा विभिन्न मिडिया परियोजनालाई सहयोग गरेपनि पत्रकार महिलाको सशक्तीकरणका लागि यो पहिलो भएको उनले बताए ।उनले  नेपाल र अमेरिकाबीचको कुटनैतिक सम्वन्धको ७५औं वार्षिकोत्सव पनि यसै वर्ष मनाउने  जनाएका छन् । कार्यक्रममा  कार्यक्रमले सहभागीमा उर्जा प्रदान गर्ने र अन्तर्राष्ट्रियस्तरमा प्रतिश्पर्धा गर्नसक्ने बताइएको छ । संचारिका समूहसँग सहकार्य गर्न पाउदा खुसी लागेको उनले बताए ।दूताबास र संचारिका समूहबीच सहकार्य गर्ने सम्झौता भएको र अगामी दिनमा पनी सहकार्य रहने  सञ्चारिका समूहका महासचिव बसन्ती बाँस्तोलाले जानकारी दिइन्। कार्यक्रममा  देशभरका २० जना पत्रकार महिला सहभागी छन् ।कार्यक्रममा सहभागी रहेकोमा ति मध्य १० जना छानेर मेन्टर दिएर लेखनामा पोख्त बनाइने बास्तोलाले बताइन् । सही मेन्टर भेट्दा रिपोर्टरले छिटो आफ्नो बाटो पत्ता लगाउन र सही समाचार लेख्न सहयोग पुग्ने बताइएको छ । पत्रकार महिलाको लागि क्षमता देखाउने अवसर पनि भएको बास्तोलाले बताइन् ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...