प्रदेश

बाँकेमा इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता


बँके । बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ ।
इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना जारी गरिएको थियो ।
अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए ।

कार्यालयले निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने जनाएको थियो । इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी इकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको थियो । जिल्लामा ५५५ जनाले इजाजत प्राप्त हतियार राख्ने अनुमति पाएका थिए ।
सहायक प्रजिअ तथा सूचना अधिकारी हरिप्रसाद शर्माले केही दिनभित्रै सो सम्बन्धमा निर्णयमा पुगिने जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा

हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा

काठमाडौँ। वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग...

सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण

सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण

काठमाडौँ। मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ...

मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव

मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पनि जिम्मेवार रहेको टिप्पणी गर्नुभएको...

लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते

लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य...