प्रमुख खवर

चालु आर्थीक वर्षमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण


राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आर्थीक वर्षमा१५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ । साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको ८५ मुद्दाका एक सय नमूना परीक्षण भएको हो । खासगरी अदालतबाट आएका मुद्दामा मानिसको डिएनए परीक्षण हुने गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिका डिएनए युनिटका प्रमुख निराजन थापा क्षेत्रीले बताए ।

कतिपय व्यक्तिगतरुपमा पनि डिएनए परीक्षण गर्न आएपनि नगरिएको बताएका छन् । उनले भने, “व्यक्तिगतरुपमा गर्दा सामाजिकरुपमा समस्या आउनसक्ने देखिएकाले समितिले केही वर्ष पहिले निर्णय गरेर अहिले स्थगित गरिएको हो ।”

नेपाल प्रहरीले केही वर्ष पहिलेबाट आफ्नै प्रयोगशालामा डिएनए परीक्षण गर्दै आएको छ । प्रहरीले अनुसन्धानको क्रममा परीक्षण गर्छ भने अदालतमा पुगिसकेको मुद्दामा आवश्यक हुँदा समितिले परीक्षण गर्ने डिएनए युनिटका प्रमुख क्षेत्रीले बताए ।
अदालत, नेपाल प्रहरी, ब्रिटिस गोर्खासम्बन्धी तथ्याङ्क राख्ने कार्यालय, अध्यागमन कार्यालयबाट नमूना आउने गरेको छ ।

खासगरी अंश मुद्दामा वा नाता कायम गर्ने नातामा डिएनए परीक्षण हुँदै आएको छ । मुद्दा जिल्ला, पुनरावेदन वा सर्वोच्च अदालतमा पुग्दा पनि परीक्षणका लागि आउने गरेको डिएनए युनिटका प्रमुख क्षेत्रीले बताएका छन् । उनले भने “कहिलेकाहीँ जिल्लामा नै मुद्दा हुँदा परीक्षण हुन्छ भने कहिले पुनरावेदनका लागि माथिल्लो अदालतमा पुग्दा पनि आउने गरेको छ ।”

डिएनए परीक्षणका लागि गत आवमा १२८ मुद्दाका २४० नमूना प्राप्त भएकामा समितिले राय दिइसकेको छ । जैविक नाता कायमसम्वनधी २३ मुद्दाका ६५ नमूना थियो । जनावरको प्रजाति पहिचानसम्वनधी ९६ मुद्दामा १५३ नमूना परीक्षण गरिएको थियो । ६२ मुद्दाका १०२ नमूना वन्यजन्तुको मासु, हाड, दाँत, छाला, रौँ, पित्त, सिङ, खाग, कस्तुरी, बीना, रगत शङ्का गरेर परीक्षणका लागि ल्याइएको थियो । यी नमूना डिभिजन वन कार्यालय, प्रहरी कार्यालय, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विभिन्न संरक्षण क्षेत्र, वन्यजन्तु आरक्ष, नगरपालिकाको कार्यालय, भेटेरिनरी अस्पताल र पशु सेवा कार्यालयबाट प्राप्त भएको थियो ।

प्रयोगशालाले जैविक नाता कायमसम्वन्धी एसटिआर एनालाइसिस र प्रजाति पहिचान डिएनए सिक्विन्सिङ प्रविधिमार्फत गरिँदै आएको छ । जनावर र मानिसको आठ वटासम्म नमूना एउटै प्रविधिबाट एउटै समयमा हुँदै आएको छ । सातामा दुई पटक परीक्षण गरिँदै आएको छ ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...