बेबील्याण्डको होम डेलिभरी सेवा देशभर, काठमाडौंमा स्टोर खुल्ने
काठमाडौं । २८ वर्ष अगाडि पोखराबाट व्यावसायिक सुरुवात गरेको बेबील्याण्डले राजधानी काठमाडौंमा स्टोर खोेल्ने भएको छ । हाल न्यूरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमाडौंमा बेबील्याण्डमल अनलाइन अफिस संचालनमा छ । बेबील्याण्ड नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिष्टर्ड कम्पनी हो ।
निकट भविष्यमा कम्पनीलाई ब्रान्डिङ गर्ने र काठमाडौंमा स्टोर खोल्ने योजना रहेको बज्राचार्यले जानकारी दिए । काठमाडौंमा एक वर्षभित्रै स्टोर्स खोल्ने योजना रहेको उनले बताए ।
‘बच्चाहरुको खुशी नै परिवारको खुशी’ नारा र नेपालको व्यावसायिक क्षेत्रमा केहि नयाँपन दिनुपर्छ र कुनैपनि काम नयाँ होइन नयाँढंगले गर्नुपर्छ भन्ने सोंचका साथ शुरुवात गरिएको यस व्यवसायले आज बेबील्याण्डको नामबाट अन्य धेरै बेबी स्टोर हरु संचालनमा रहेकोबाट स्पष्ट हुन्छ । ‘जसले गर्दा आज हामी आफूलाई नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिष्टर्ड कम्पनी भनिरहनुपर्ने अवस्था सृजना भएको छ,’ बज्राचार्य भन्छन्, ‘एउटा उद्यमीको हैसियतले बेबी स्टोरको क्षेत्रमा उद्यमशीलता सृजना गर्न सफल भएकोमा हामी खुशी छौं ।’

स्टोरले हालै संचालनमा ल्याएको ‘बेबील्याण्ड मल अनलाइन’ मा शपिङ गर्ने ग्राहकलाई नेपाल भरी निःशुल्क डेलिभरीको व्यवस्था रहेको बज्राचार्यले जानकारी दिए । जन्मेदेखि १२ वर्षसम्मका बच्चाहरुको फेसनेबल लुगा, जुत्ता, खेलौना, साइकल, ट्राइसाइकल, वाकर, बेड, झुलुंगा, स्ट्रोलर, ईलेक्ट्रीकल कार जिप, बाइक लगायत सम्पूर्ण सामानको कलेक्सन बेबील्याण्डमा छ । बेबी ल्याण्डमा १६ जना कर्मचारी आबद्ध छन् ।
यसैबीच बेबील्याण्डले स्थापनाको २९औं वर्ष प्रवेश भएको छ । बेबील्याण्डले सोमबार २८औं वार्षिकोत्सव मनाएको छ । वार्षिककोत्सवको अवसरमा बेबील्याण्डका संस्थापक प्रदीप बज्राचार्यले परिवारजन, कर्मचारी, ईष्टमित्र, ग्राहक, सप्लायर्स, बैंक वित्तीय संस्था, राज्यका विभिन्न अंग, सामाजिक संघ संस्था, पत्रकारm मिडिया हाउस लगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् । ‘२८ वर्षसम्मको निरन्तर साथ सहयोग र हौसलाप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ उनले भनेका छन् ।
ताजा अपडेट
-
१.
१२१ किलो चरेससहित दुई पक्राउ
-
२.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
३.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
४.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
५.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)
सम्बन्धित समाचार
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर...
नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक...




