व्यवसायी तथा पूर्व सञ्चारकर्मी पौडेलद्वारा वडा अध्यक्षमा उमेद्वारी घोषणा
तनहुँ । आगामी वैशााख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिएसंगै विभिन्न स्थानीय तहमा उम्मेद्वारी दिनेहरुको चर्चा चुलिदो छ । विभिन्न राजनीतिक दलमा आबद्ध नेताहरुले अबको ५ वर्ष आफ्नो क्षेत्रको विकास गर्नका लागि विभिन्न पदमा आकांक्षा व्यक्त गर्नेहरुको संख्या पनि बढ्दो क्रममा छ । यसैबीच तनहुँको शुक्लागण्डकी नगरपालिका–३ को वडाध्यक्ष आकांक्षीमा रहेका दीपेन्द्र पौडेल त्यस वडाको खम्बाको रुपमा देखिएका छन् ।
नेपाली काँग्रेसका हालका नगर सचिव समेत रहेका पौडेल लामो समय पत्रकारिता पेशामा संलग्न थिए । हाल उनको दुलेगौंडा बजारमा दिपज्योती ग्राफिक्स एण्ड प्रिन्टिङ सोलुसन प्रा.लि. र शुक्लागण्डकी नगरपालिका वडा नं. ३ स्थित टिपिकल भिलेज रिसोर्ट छ । पौडेल अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट सोही वडाबाट वडा अध्यक्षको उमेद्वार रहेता पनि पछि एकीकृत माओवादीसंगको चुनावी तालमेलको सिकार भएर उमेद्वारी फिर्ता गरेका थिए । पौडेल प्रष्ट भिजन र नयाँ सोच भएको व्यक्ति मानिन्छन् ।
पौडेल व्यापार संगसंगै राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन् । वडाध्यक्षको उम्मेद्वारी दिन लागेका पौडेलले भने ‘वडाको समग्र विकासका लागि मेरो उम्मेद्वारी रहने छ । अब केही समयमा नै एजेण्डा सहित घोषण पत्र प्रकाशन गरि जनता माझ जानेछु ।’ उनले राजनीतिमा त्याग स्वभाविक भएता पनि पटक पटक त्याग गर्न कसैले नसक्ने र आफू फेरी त्यसको सिकार भए स्वीकार्य नहुने र आफू स्वतन्त्र उमेद्वारको रुपमा भए पनि उमेद्वारी दिने बताए ।
शुक्लागण्डकी–३ मा तपाईंको वडा अध्यक्षको उमेद्वारी किन र केका लागी भन्ने प्रश्नमा पौडेलको भनाई जस्ताको तस्तै ।
तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ३ को माटोलाई नजिकबाट बुझेको र अहिले वडाबासीको नजरमा अत्यन्त घुलमिल भएकाले यस क्षेत्रको विकासको सारथी सजिलै वन्न सक्ने भएकाले वडा नं. ३ का लागि वडा अध्यक्षको उमेद्वारी रहने छ । विभिन्न समयमा यस वडाका वासीहरुसंग नजिकबाट भिज्ने मौका पाएको छु । विकासका लागि प्रत्यक्ष, परोक्ष रुपमा काम गर्दै आएको छु । मेरो अहिले सम्मको जीवन यस वडाका बुबा आमा दाजुभाइ तथा दिदी बहिनीसंग विताएको छु । सो क्रममा मैले यहाको वास्तविक जीवन के हो आवश्यकता के हो भन्ने वुझेको छु । मैले वडा नं. ३ को पहाडी र समथर भागको विकासको मोडल तयार पारेको पनि छु । सो लागु गर्न पनि मलाई यस वडा नं. ३ का मतदाताले मलाई भोट दिनुहुनेछ भन्ने विश्वास छ । सम्भावना भएको स्थानमै चुनौती हुनु स्वभाविक पनि हो । खासगरी पहाडी भेगको विकास हामीले भनेजस्तो तीव्र नहुनपनि सक्छ । त्यसैले मैले भनिरहको छु कम्तिमा पनि ५ वर्ष काम गर्ने वातावरण वन्नुपर्छ । अव दीर्घकालिन योजनाविनाको विकास दिगो खालको हुँदैन भन्ने देखिसकेका छौं । त्यसैले काँग्रेसको जीत सुनिश्चित छ । स्पष्ट वहुमतको वडा आवश्यक छ । त्यसका लागि म आम मेरा मतदातासमक्ष निवेदन गर्छु एकपटक मलाई जिताउनुस् विकासमा सारथी वन्ने काम म गर्छु ।

औद्योगिक र सहरी क्षेत्रलाई व्यवस्थित गर्नेछु । पर्यटनको प्रचुर खानी भएको क्षेत्र पनि यो वडा हो । कालिम¥याङमा मगर जातिको बाहुल्यता रहेको हुनाले मगर मोहस्टे, जाम्दीका क्षेत्रमा केहि मलिलो र उर्वर भूमि भएकाले यसलाई अम्लिय खेती, जति गाउँमा रहेको बाझो जमिनमा अदुवा, खुर्सनी, जस्ता नगदे बालि, उदेनढुङ्गा रहेको खुल्ला जमिनमा उत्कृष्ट पार्क सहित त्यहाँ रहेको स्वास्थ्य चौकीलाई चौविसै घण्टा, स्वास्थ्य कर्मी राखेर प्रसुती तथा स्वस्थ्य सेवा भण्डारी गाउँमा विभिन्न सीपमुलक तालिम सहित आर्थिक विकासका लागि विभिन्न कार्यक्रमहरु, वन्केवामा रहेको निर्मल प्राथमिक विद्यालयलाई नमुना विद्यालय बताउनेछु । यसमा अगाडि बढाई शैक्षिक स्तरमा विकास गर्ने, माथिल्लो टोलसम्म पुग्ने गरी मोटरवाटोको निर्माण तथा व्यवस्थापन, खानेपानीलाई थप व्यवस्थापन, हट्टिया हरेचौर क्षेत्रमा पनि खानेपानीलाई व्यवस्थापन गर्न, दुरुङ्गचुङ्ग र गैराबारी क्षेत्रमा पानीको समस्या अझै पनि जस्ताको त्यस्तै छ, त्यसलाई विशेष पहल गरिने छ । टार हरेचौर क्षेत्रमा विस्तारै जनघनत्व बढ्ने क्रममा रहेको हुँदा यसलाई पनि थप दीर्घकालीन योजना गरि यसको विकासमा लागि पर्नु पर्ने छ । पर्यटन मार्गको विस्तार र व्यवस्थित गरी पहाडी सवै गाउँमा ट्रेकिङको व्यवस्था गर्न सम्भव छ । अर्कोतर्फ वडाकै महत्वपूर्ण ट्रान्जिटका रुपमा रहेको रातमाटा गाउँलाई यहाँको व्यवसाय चलायमान वनाउनु पनि अर्को महत्वपूर्ण काम हुनेछ ।
अर्को कृषि र पशुलापनको प्रचुर खानी छ हाम्रो वडा । वाख्रापालन, अम्रिसो, अदुवा र दालजन्य वस्तुको उत्पादन वृद्धि गर्न विशेष कार्यक्रमको थालनी गर्न सकिन्छ । त्यसैमा दुग्ध संकलन तथा भण्डार र प्रशोधन केन्द्र वनाउने र मौरिपालनलाई थप व्यवस्थापन र अनुदानको व्यवस्था गरि महको उत्पादनमा वृद्धि गर्न सकिन्छ भने विशेषगरी किसानलाई घरै वसिवसी लाखौ आम्दानी गर्न सकिने हैसियतमा पुर्याउन सकिने प्रशस्त संभावना छ ।
यस वडाको शिक्षा र स्वास्थ्यको क्षेत्रमा म अत्यन्त गम्भीर छु । यो विषय दीर्धकालीन र तत्कालीन दुई तवरबाट आउन जरुरी छ । समग्र शिक्षा, स्वास्थ्य र रोजगारीको लागि उच्च सोच र विकासको आवश्यक छ । नीतिगत रुपमै शिक्षा, स्वास्थ्य र रोजगारी सरकारको जिम्मामा आउछ । पहिलो वर्षमा कुनै न कुनै परियोजना लागु गरेर पहाडी भेगमा सबै बालबालिकालाई विद्यालयसम्म पुर्याउने कामको थालनी गर्नेछु वा भएका विद्यालयहरुलाई थप व्यवस्थापन गर्ने छु । सो पश्चात दीर्धकालीन योजना अनुसार नै जानुपर्ने हुन्छ । मेरो अनुरोध छ तसर्थ मेरो उमेद्वारलाई विजयी गराउनुहोस् । यसका अलावा तत्कालका लागि मेरो भूमिका यस क्षेत्रमा एउटा प्राविधिक शिक्षालय खोल्नु हुनेछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि कलेज दिवस मा.वि. वा शहिद कृष्ण स्कुलमा मै ल्याउनका लागि पनि म विशेष पहल गर्ने छु । कामहरु दर्जनौं छन् एकैपटक भन्नुभन्दा पनि काम गर्दै जादा स्वभाविक हुन्छ ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
हेर्नुहोस् आजको मौसम
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बादल...
सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
काठमाडौं। सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिक नियन्त्रणमा सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोल सहित भारतीय नागरिकलाइ नियन्त्रणमा लिएको छ ।...
वीरगन्जमा सशस्त्रमाथि हातपात गर्ने छ पक्राउ
काठमाडौं। वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार,...
खोटाङमा आफैलाई छुरा प्रहार गरेर पुरुष गम्भीर घाइते
खोटाङ । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार...




