काठमाडौं । सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्लान्टमा विष्फोट हुँदा सो घटना भएको हो ।
अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरेकाे छ । उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको अनुमान गर्न सकिन्छ उनले बताए ।
गम्भीर घाइते एक जनाको खुट्टा चुँडिएको छ । घाइतेहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ ।