प्रमुख खवर

सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु , सात जान घाइते

काठमाडौं । सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात  जना घाइते भएका छन् । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको प्लान्टमा विष्फोट हुँदा सो घटना भएको हो ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले  बताए । प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरेकाे छ । उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् ।

घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको अनुमान गर्न सकिन्छ उनले बताए ।

गम्भीर घाइते एक जनाको खुट्टा चुँडिएको छ । घाइतेहरुको बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...