प्रदेश

 

खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो ।

विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो । साउनमा रु दुई लाख ६३ हजार, भदौमा रु चार लाख ४४ हजार, असोजमा रु चार लाख सात हजार, कात्तिकमा रु ६ लाख ५३ हजार, मङ्सिरमा रु सात लाख दश हजार, पुसमा रु तीन लाख ७८ हजार, माघमा रु तीन लाख ७९ हजार, फागुनमा रु तीन लाख ६३ हजार र चैतमा रु तीन लाख २४ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताउनुभयो ।

सम्बन्धित समाचार

हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा

हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा

काठमाडौँ। वागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्ने बताउनुभएको छ । अख्तियार दुरुपयोग...

सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण

सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण

काठमाडौँ। मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने संकल्पमा कहिल्यै पनि विचलित हुनु नहुने बताउनुभएको छ...

मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव

मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुँजीगत खर्च हुन नसक्नुका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पनि जिम्मेवार रहेको टिप्पणी गर्नुभएको...

लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते

लमजुङमा जिप दर्घटना : एकको मृत्यु, ७ घाइते

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९, मिर्चेस्थित सडकखण्डमा बुधबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य...