काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा हिजो भन्दा आज सामान्य सुधार अएको छ । हिजो उच्च अंकले घटेको बजार आज भने ४.९४ अंकले बढेको छ । आज बजार २३२५.४५ विन्दुमा पुगेको रोकिएको छ ।
आज बजारमा निकै उतारचढाव देखिए पनि अन्त्यमा बढेर बन्द भएको छ । आज कुल २३१ कम्पनीको ३६ हजार १ सय ९० वटा कारोबार भयो । यसबाट ३९ लाख ९१ हजार ५१ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकम भने आज समेत सुधार हुन सकेन । आज १ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ८ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।