बिहिबार, माघ ३, २०८१
English
Follow us:

दक्षिण एसियामा सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरुको फ्लीट संचालन गर्दै साइमेक्स

दक्षिण एसियामा सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरुको फ्लीट संचालन गर्दै साइमेक्स

  • खबर सेवा

  • शुक्रबार, बैशाख ९, २०७९

  • 6
    SHARES
दक्षिण एसियामा सबैभन्दा ठूलो एकल विद्युतीय गाडीहरुको फ्लीट संचालन गर्दै साइमेक्स

काठमाडौं । नेपालको लागि BYD  अटो इन्डष्ट्रि कम्पनी लि. को आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लि. ले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रा. लि. सँग ५० वटा इमिसन फ्री, रेन्टल फ्लीट द्यथ्म् भट इलेक्ट्रिक क्ग्ख् संचालनको लागि सम्झौैता पत्रमा हस्ताक्षर गरेको छ । यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो संचालित एकल विद्युतीय गाडीहरुको फ्लीट हो । अप्रिल २० मा भएको आधिकारिक समारोह माझ साइमेक्स इन्क र सेल्फ ड्राइभले फ्रेमवर्कको सम्झौैता पत्रमा हस्ताक्षर भएसँगै सेल्फ ड्राइभ BYD इलेक्ट्रिक गाडीहरुको एक्सक्लुसिभ रेन्टल पार्टनर बन्न सफल भएको छ ।

नेपालमा आरामदायीक इलेक्ट्रिक गाडीहरुको फ्लीट संचालन हुनु BYD र स्पार्क ग्रुप दुवैका लागि कोशेढुंगा साबित हुने बताइएको छ । सेल्फ ड्राइभले काठमाडौंमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकहरुका लागि कम मूल्यमा, इमिसन फ्री र ड्राइभर सहितको कार सेवा प्रदान गरिरहेको छ । पाँचवटा विशुद्ध इलेक्ट्रिक, इमिसन फ्री BYD e6 (first-gen) मोडलहरु बाट पहिलो पल्ट फ्लीट शुरु गरेको यसले आगामी दिनहरुमा नयाँ गाडीहरु थप्ने योजना रहेको छ । इलेक्ट्रिक प्रविधिमा आधारित BYD e6  गाडीहरुमा भरपर्दो र प्रमाणित ब्याट्री रहेको छ । विश्वभरि १०० मिलियन ट्याक्सी र १४ मिलियन माइल प्यासेन्जर बसहरुमा प्रयोग भएर प्रमाणित भइसकेको यसमा UL Certified Iron-Phosphate (or “FE”)  ब्याट्री प्रयोग गरिएको छ ।

गुहेश्वरी काठमाडौंमा अवस्थित स्पार्क ग्रुपको फ्यासिलिटीमा BYD State-of-Art सर्भिस सेन्टर शिघ्र संचालनमा आउने भएको छ । BYD लाई अग्र स्थानमा राख्नको लागि मे २२ देखि संचालनमा आउने यस आधुनिक वर्कसप फ्यासिलिटीमा दक्ष अनि प्रशिक्षित प्रोफेसनलहरु र नवीनतम उपकरणहरु हुनेछ । यस सर्भिस सेन्टर मार्फत उपभोक्ताहरुले अतुलनीय तथा उत्कृष्ट सेवाको अनुभव प्राप्त गर्न सक्नेछन् । यसका साथै गा्रहकहरुको सुविधाका 40 kW AC   क्षमताको फास्ट चार्जर पनि गुहेश्वरी स्थित फ्यासिलिटीमा स्थापना गरिने छ ।

BYD e6  चीनमा सन् २०१६ मा सबैभन्दा बढी बिक्री हुने विशुद्ध इलेक्ट्रिक कार हो जसले हवाना इन्टरनेशनल फेयर २०१५ मा’Best Quality Product’   को लागि स्वर्ण पदक समेत प्राप्त गरेको छ । लामो दूरीको लागि उपयुक्त यो एक इलेक्ट्रिक फ्रन्ट व्हील ड्राइभ युटिलिटी गाडी हो । विशिष्ट इन्टेरियर स्पेस (८८.३ cu-ft भन्दा बढी) र ६ एयरब्यागहरु भएको यस क्रसओभर SUV मा 80-kWh lithium iron phosphate battery संग जोडिएको 90-kW इलेक्ट्रिक मोटर रहेको छ जसले सिंगल चार्जमा ४०० कि.मि. ड्राइभिंग गर्न सकिनेछ ।

स्पार्कसंगको यस सहमतिका बारेमा साइमेक्स इन्क प्रा. लि.का CEO  साहिल श्रेष्ठ भन्छन् “ हामीले BYD का इमिसन फ्री इलेक्ट्रिक गाडीहरु नेपालमा प्रर्बधन गर्नका लागि विभिन्न अप्सनहरु हेरिराखेका थियौं । हामी विश्वस्त छौं कि हामीले सेल्फ ड्राइभको रुपमा उचित पार्टनर पाएका छौं — हाम्रा थुप्रै उद्देश्यहरु समान रहेका छन् जस्तै शहरहरुमा सुरक्षित, भरपर्दो र इफिसियन्ट ग्रीन ट्रान्सपोर्ट प्रदान गर्ने । ”

सेल्फ ड्राइभका CEO रोशन पोखरेलले भने “ हामीलाई लाग्छ BYD को e6 मोडलले प्यासेन्जरलाई आरामदायी यात्रा गराउने, राम्रो रेन्ज र ¥यापिड चार्जिङ्ग गर्ने हाम्रा सबै आवश्यकताहरुलाई पूरा गर्दछ । हामीले द्यथ्म् को प्राक्टिकल, इमिसन फ्रि सोलुसनहरुको प्रदान गर्ने समान लक्ष्य र धारणा राखेका छौं र यस साझेदारीले लामो यात्रा तय गर्ने विश्वास समेत रहेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology