समाचार

मेलम्चीको पानी आजैदेखि पुन  नियमित वितरण सुरु

काठमाडाैं। मेलम्चीको पानी काठमाडौँ आइपुगेर आजैदेखि पुन  नियमित वितरण सुरु भएको छ ।

आज खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी भल्भ खोलेर पुनःवितरण सुरु गरेका थिए ।

आज पाँच करोड लिटर पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । पहिलो दिन महाङ्काल चौर र नयाँ बानेश्वर शाखाबाट पानी वितरण हुँदैछ । भोलिबाट थप पानी आउने र थप स्थानमा वितरण गरिने भएको छ ।

सो अवसरमा मन्त्री चौधरीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको प्रतिबद्धताका आधारमा पानी ल्याइएइको बताए । उनका अनुसार अझै पनि कतिपय संरचना सम्पन्न हुन बाँकी भएकामा तत्कालका लागि पानी पथान्तरण गरिएको उनले बताए । गतवर्ष बाढीपहिराका कारण मुहानको माथिल्लो तटीय क्षेत्रमा पुगेको क्षतिका बारेमा दातृ निकाय एशियाली विकास बैंकले विस्तृत अध्ययन गरिरहेको उनले बताए ।

सो अध्ययनको प्रतिवेदन आएपछि सबै निकायसँगको समन्वयमा मर्मत गरिने उनले बताए । उनले भन
, “वर्षायाममा मेलम्चीमा क्षति पुग्ने भए पनि पूर्वसूचना दिने प्रणाली सुरु गरिएको छ ।” खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले अहिले अस्थायी प्रक्रियाबाट पानी काठमाडौँ ल्याइएको बताएका थिए ।

उपत्यकामा रहेका १० ट्याङ्कीबाट खानेपानी वितरण गरिनेछ । वर्षामा सुरुङ बन्द गर्नुपर्ने अवस्था आउँदा बागमतीको पानी वितरण गरिने उनले जानकारी दिए । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले गतवर्ष नभएकामा यसवर्ष भक्तपुरमा पनि पानी वितरण गरिने बर्ताएका थिए। एक दुई दिन बिराएर उपभोक्ताका घरघरमा पानी वितरण हुने उनको भनाइ छ ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटाले निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताका घरघरमा पानी पु¥याउन आवश्यक संरचना निर्माण गरेको बताए । आवश्यक संरचना निर्माण सकिएको उनको भनाइ छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गतवर्ष केही समय पानी वितरण गरिएको भए पनि बाढीका कारण वितरण ठप्प हुँदा नागरिक निराश भएको बताएका छन् । उनका अनुसार अहिले पुनः पानी आउँदा नागरिकमा आशा पलाएको छ ।

लिमिटेडका बानेश्वर शाखा प्रमुख नारायण कर्णले शाखाले तालिका प्रकाशित गरेर आम उपभोक्तालाई पानी वितरणबारे जानकारी गराइरहेको बताए ।

सम्बन्धित समाचार

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध...

रास्वपा नेता प्रहरी नियन्त्रणमा

रास्वपा नेता प्रहरी नियन्त्रणमा

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ पर्नुभएको छ। बाणगंगा नगरपालिका ८ धनेषपुरका...

अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो

अख्तियार प्रमुख धम्क्याउने प्रकाशलाई नेपाल ल्याइयो

काठमाडौँ। उच्च पदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकलाई प्रहरीले फिलिपिन्सबाट नेपालमा फिर्ता ल्याएको छ। पाठकलाई बुधबार फिलिपिन्सबाट...

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छुः भारतीय अधिकारी

काठमाडौँ। भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया अस्थायी भएको भएको भन्दै नेपालले निर्णय...