आगामी जेठ ७ देखि ९ गतेसम्म राष्ट्रिय टेबुलटेनिस प्रतियोगिता हुने

काठमाडाैं । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।आगामी जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता जनाउने छन् ।
पूर्वराष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा हुने प्रतियोगितामा जुनियर पुरुष एकल, जुनियर महिला एकल, क्याडेट पुरुष एकल, क्याडेट महिला एकल, पुरुष एकल १२ वर्ष मुनि महिला एकल १२ वर्ष मुनि, पुरुष भेट्रान एकल ४० वर्षमाथि, पुरुष भेट्रान एकल ५० वर्षमाथि र पुरुष भेट्रान एकल ६० वर्षमाथि गरी नौ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पुरुष÷महिला तथा क्याडेट पुरुष÷महिलातर्फको विजेताले रु २० हजार, दोस्रो हुनेले रु १० हजार र सेमिफाइनलमा पुग्नेले रु पाँच हजार पाउने छन् । त्यसैगरी १२ वर्ष मुनि पुरुष एकल तथा महिला एकल विधा र भेट्रानतर्फको विजेताले रु १० हजार, दोस्रो हुनेले पाँच हजार र सेमिफाइनलमा पुग्नेले रु दुई हजार ५०० पाउनेछन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




