अर्थ

टिभिएसको लिडर्स मिट सम्पन्न, युनिराइडलाई ‘बेष्ट फोकस डिलर’को अवार्ड

काठमाडौं । टिभिएसको लिडर्स मिट सम्पन्न भएको छ । उक्त अवसरमा टिभिएसका डिलरहरु मध्ये ललितपुरको महालक्ष्मी स्थानमा रहेको युनिराइड अटो प्रालिले नेपालकै ‘बेष्ट फोकस डिलर’को अवार्ड जित्न सफल भएको छ ।

टिभिएसको लागि नेपालको एकमात्रै आधिकारिक बिक्रेता जगदम्बा मोटर्सको आयोजनामा शनिबार र आइतबार लिडर्स मिट आयोजना भएको थियो ।

जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक अखिल गुप्ता र प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले युनिराइड अटोका सञ्चालक निर्मल सिग्देललाई बेस्ट फोकस डिलर अवार्ड प्रदान गरेका हुन् ।

बेष्ट फोकस डिलर प्राप्त हुँदा निकै खुसी लागेको बताउँदै सिग्देलले आगामी दिनमा टिभिएसप्रति ग्राहकको आकर्षण बढाउँदै बिक्री पनि बढाउने आफ्नो लक्ष्य रहेको बताए । उनले जगदम्बा मोटर्सका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल, भाइस प्रेसिडेन्ट दीपक रौनियार, मार्केटिङ हेड बिक्रम पौडेल, क्षेत्रीय प्रवन्धक केशव कार्की लगायत दगदम्बा मोटर्स र युनिराइडका कर्मचारीप्रति आभार व्यक्त गरेका छन् ।

२०२२ का लागि जगदम्बा मोटर्सले लिएको ‘असिम उडान’को लक्ष्यलाई प्राप्त गर्ने उनले प्रतिबद्धता गरेका छन् ।

सम्बन्धित समाचार

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...

आज घट्यो सुनको मूल्य

आज घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

असी प्रतिशतले घट्यो सुन कारोबार

असी प्रतिशतले घट्यो सुन कारोबार

काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...