आइतवार, बैशाख १४, २०८२
English
Follow us:

एकीकृत समाजवादीले उमेदवारकाे टुंन्गाे लगायाे

एकीकृत समाजवादीले उमेदवारकाे टुंन्गाे लगायाे

  • खबर सेवा

  • सोमवार, बैशाख १२, २०७९

  • 23
    SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट उमेदवार  टुंग्याएको छ ।समाजवादीले आफूले पाएका महानगरपालिका र उपमहानगरपालिका उमेदवार टुंग्याएको हो ।

एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई दिएको छ।

 

एकीकृत समाजवादीका अनुसार हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्‍वार बनाउने निर्णय गरेको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्‍वारी दिएको जनाएको छ।

बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उम्मेद्‍वारी दिएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology