प्रमुख खवर

राप्रपाबाट काठमाडौंको मेयरमा कलाकार मदनदास श्रेष्ठको उम्मेदवारी

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कलाकार तथा अभिनेता मदनदास श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृह पुगेर श्रेष्ठले आज मेयरमा मनोनयन दर्ता गराएका हुन् ।

कलाकार श्रेष्ठ लामो समयदेखि राप्रपामा सक्रिय रहेका छन् ।उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले महानगरवासीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

कलाकार श्रेष्ठले आफू विजयी भएमा अव्यवस्थित रूपमा रहेको काठमाण्डौ नगरलाई व्यवस्थित बनाउने, ज्येष्ठ नागरिक र बालबालिकाका लागि बाटिका, युवालाई रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राप्रपाले काठमाडौं महानगरपालिकाको उपमेयरमा भने विनिता मगैयालाई उम्मेदवार बनाएको छ ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...