अर्थ

मोटरहेड ब्राण्डको बाइक खरिद गरेका सुवेन्दु रत्न तुलाधरले जिते एक लाख रुपैयाँ

काठमाडौं ।  नगद जित्न सफल भएका छन् ।तुलाधरले धोविघाट शोरुमबाट मोटरहेडको एमएच १५० आर बाइक खरिद गरेका थिए । मोटरहेड ब्राण्डका लागि नेपालको एकमात्रै आधिकारिक वितरक एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा.लि.ले गत दसैं, तिहार, छठको अवसरमा ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको थियो । सोही अफर अवधिमा बाइक खरिद गरेका उनले सोमबार भएको ‘लक्की ड्र’मार्फत एक लाख रुपैयाँ जित्न सफल भएका हुन् ।

त्यसैगरी दया बुद्ध मगरले ५० हजार रुपैयाँ जित्न सफल भएका छन् । उनले बालाजु शोरुमबाट टेक्कन आर २५० खरिद गरेका थिए । टेकु शोरुमबाट स्क्र्याम्बलर २५० खरिद गरेका सुशान्त पौडेलले नगद २५ हजार जितेका छन् ।

कार्यक्रममा बोल्दै प्रालिका निर्देशक सुगम घिमिरले ग्राहकको हितलाई मध्यनजर गर्दै मोटरहेडले समय समयमा विभिन्न अफरहरु ल्याइरहेको र आगामी दिनमा पनि यस्ता अफरलाई निरन्तरता दिने बताए । एड्भेन्चर सेग्मेन्टमा चिरपरिचित ब्राण्ड मोटरहेड मोटरसाइकल युवाहरुमाझ लोकप्रिय रहेको जनरल म्यानेजर उज्वल जोशीले बताए ।

लक्की ड्र कार्यक्रममा मोटरहेडका एमएच२०० का राइडर मनोज महर्जनको पनि उपस्थिति थियो । उनले मोटरहेड ब्राण्ड आफूले निरन्तर चलाइरहेको र आरामदायी, विश्वसनीय र किफायती रहेको बताए ।

मोटरहेडका स्क्र्याम्बलर, एमएच १५०, एमएच २००, स्पोर्टस् २५० (अफरोड), स्पोर्टस् २५० (रोड), टेक्कन २५०, टेक्कन आर २५०, एक्स टर्क २५० बाइक नेपाली बजारमा उपलब्ध छन् । सस्तो मूल्य, कार्यक्षमता र आकर्षक डिजाइनकै कारण नेपालका विभिन्न क्षेत्रमा यो वाइक मन पराइएको कम्पनीको दावी छ ।

सम्बन्धित समाचार

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...

आज घट्यो सुनको मूल्य

आज घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...

असी प्रतिशतले घट्यो सुन कारोबार

असी प्रतिशतले घट्यो सुन कारोबार

काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...