काठमाडौ ।निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारविरुद्ध आज दाबी विरोधको उजुरी दिने समय दिएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय चुनावको लागि आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर आज मंगलबार दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले आजको समय दिएको हो ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसा उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।
आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइने प्रवाधान रहेको छ ।
तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन् ।
तर पनि,आयोगले आजै दावी विरोधको उजुरी दिने समय पनि यसअघि नै तोकेको हो । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने वैशाख १४ र १५ गते गर्नेछ ।
जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ । वैशाख १६ गते भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।
वैशाख १७ गते उम्मेदवार बनेकाहरूले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् । वैशाख ३० गते ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि निर्वाचन हुँदैछ ।