प्रमुख खवर

नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा ‘अष्ट्रेलिया एजुकेसन इन्फोडे २०२२’ हुने

पोखरा । अष्ट्रेलिया अध्ययनका लागि परामर्श दिदै आइरहेको नेप्कम्स सर्भिसेज पोखराको आयोजनामा ‘अष्ट्रेलिया एजुकेसन इन्फोडे २०२२’ हुने भएको छ । यही वैशाख २० गते मंगलबार (मे ३) मा सिद्धार्थचोकस्थित आफ्नै सभाहलमा इन्फोड हुनेछ ।

मेलामा अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिहरु सहभागी हुने हुँदा विद्यार्थीले प्रत्यक्ष भेटी आफ्नो जिज्ञासा उनीहरु मार्फत मेट्न सक्नेछन् । सम्बन्धित देशको शिक्षाका बारेमा आवश्यक सम्पूर्ण जानकारी मेलामा प्राप्त गर्न सकिनेछ ।

‘सहभागी विद्यार्थीको शैक्षिक योग्यता र आइएलटिस, पिटिई सर्टिफिकेटको आधारमा अन द स्पट नै एसेस्मेण्ट गर्नेछौं । शैक्षिकस्तर राम्रो भएका विद्यार्थीको लागि कलेजले स्कलरसिप पनि दिनेछ,’ नेप्कम्सका सञ्चालक सन्तोष शाहीले भने, ‘ति कलेज तथा विश्वविद्यालयमा लाग्ने एप्लिकेसन चार्ज डिस्काउण्ट गर्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस (IELTS), पिटिइ (PTE) गर्न चाहेमा हामीले ३० प्रतिशत डिस्काउण्ट अफरको पनि व्यवस्था गरेका छौं ।’

साथै मेलामा सहभागी सबै विद्यार्थीलाई विभिन्न उपहारको व्यवस्था रहेको जनाइएको छ । प्लस टु, व्याचलर तथा मास्टर पास गरेका विद्यार्थी एजुकेशन इन्फोडेमा भाग लिन सक्नेछन् । ‘विशेष गरी अष्ट्रेलिया जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ र त्यहाँ पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् । अष्ट्रेलियामा अध्ययन पछाडी काम गर्ने अवसर र नयाँ अध्यागमनका नियमहरुको बारेमा पनि जानकारी गराइनेछ,’ शाहीले भने ।

युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारिक कार्यालय हो । युनिस्टारले आइएलटिएस र पिटिइ तयारी कक्षाका साथै अष्टे«लिया लगायत युके, युएकए, क्यानाडा, अमेरिका, न्यूजिल्याण्ड, जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । ‘हामीले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आइरहेका छौं । अष्ट्रेलिया लगायत विभिन्न देशका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि हौं,’ शाहीले भने ।

अष्ट्रेलियामा मुख्य कार्यलय रहेको नेप्कम्स् सर्भिसेजको पोखरा, वुटवल, धरान र काठमाडौंमा शाखा कार्यालय छन् । ‘विद्यार्थीलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि हामी सहयोग गर्छौं,’ शाहीले भने, ‘अध्ययन पश्चात् पिआरको लागि पनि नेप्कम्स् सर्भिसेज अष्टे«लियाले सहयोग गर्नेछ ।’

नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्वारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...