प्रमुख खवर

पठाओले वर्ष भरिका उत्कृष्ट लाई सम्मान गर्ने

काठमाडौ। पठाओले वर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले बताइन् ।

पठाओको यात्रामा हाम्रा राइडर, क्याप्‍टेन र फुडमेन साथिहरुले साधै हामीलाई हाम्रो परिवारझै साथ दिनुहुनु भएको छु हमाल थप्छिन्  उहाँहरुको योगदानको कदर गर्दै यो कार्यक्रम आयोजना गरेका हौँ ।

सबै कामलाई सम्मान गरौं, एउटै नजरले हेरौं र सोचमा सकारात्मक परिवर्तन ल्‍याउँ भन्‍ने आशाका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ ।पठाओलाई उत्कृष्ट राइड सेयरिङ प्लेटफर्म बनाउन योगदान दिने राइडर, क्याप्‍टेन र फुडमेनहरुलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रम बैशाख १८ गते ९मे १० श्रम दिवसको दिन हुने बताइएको छ । यस कार्यक्रमलाई आगमी वर्षहरुमा पनि आयोजना गर्ने हमालले जानकारी दिइन् ।

२५ सेप्टेम्बर २०१८ मा बाइकमा राइड सेयरिङमार्फत पठाओ नेपालले सेवा सुरू गरेको थियो। ९ अगस्ट २०१९ मा कार लाइट अर्थात्  ट्याक्सी सेवा सुरु गरेको पठाओले राइड सेयरिङ सुरू गरेको २ वर्षपछि २५ सेप्टेम्बर २०२० देखि होटल, रेस्टुरेन्ट तथा क्याफेका खाना डेलिभरी गराउँदै ुपठाओ फुडु सन्चालनमा ल्याएको छ ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...