ललितपुर जिल्लामा बाल बिवाह रोकथाम अभियान
काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियान्ता कल्पना महर्जनले वि.सं. २०७६ जेठ ९ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बाल बिवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरिएको छ । गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा सचेतना अभियानको थालनी भएको हो ।
नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांक अनुसार देशभर दनुवारहरुको संख्या ८४ हजार १ सय १५ छ । नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड.ग, सुनसरी, रौतहट मकवानपुर, सर्लाही लगायत जिल्लामा दनुवारहरु बसोबास गर्दै आएका छन् ।
दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवं बहु विवहाको प्रचलन छदैछ । गरिबी जनचेतनाको अभवा जस्ता बाध्यात्मक कारण बाहेक, सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृति विना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणी तर्फबाट (सन् २०७५ जेठ ९ गते) उत्तरी मोहोडा (तिब्बत तर्फबाट सन् २०७६ जेठ ९ गते)का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्व कीर्तिमानी राख्न महर्जन सफल बनेकी हुन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १००औं दिन तथा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १००औं जन्मोत्सवको उपलक्षमा कल्पना महर्जनले सर्वोच्च शिखरबाट नगरपालिकाको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फह¥याएकी थिइन् । एक्स्पेरियन्स आउटडोर्स नेपालको व्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा ‘शिक्षाको माध्यबाट बाल बिवाह रोकथाम अभियान २०१९’ वि.सं. २०७५ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घोष गरेकी हुन् । यो अभियान कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छिन् ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। धनगढीबाट दार्चुलातर्फ आउँदै...
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं। बैतडीको दशरथ चन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने...
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
बागमती। कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अन्य...
मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८०...




