‘जनप्रतिनिधिहरु शासक होइनन् सेवक हुन् भन्ने आभास दिलाउन चाहन्छु’
पोखरा । पोखरा ४ का मदनकुमार मुल्मी २६ वर्षसम्म बैंकिङ क्षेत्रमा सक्रिय रहे । तत्कालीन जनता बैंकको क्षेत्रीय प्रबन्धक र त्यसपछि ग्लोबल आइएमई बैंकको कर्णाली प्रदेश प्रमुख भएपछि बैंकिङ क्षेत्रबाट उनी रिटायर्ड भएका छन् । उनी त्यसपछि राजनीतिमा सक्रिय बने र पार्टीको वडा कमिटिको उपाध्यक्षको जिम्मेवारी सम्हाले । राजनीतिमा उनको आबद्धता भने २०४५ बाटै भएको हो ।
बैंकिङ तथा सामाजिक क्षेत्रमा संगालेका अनुभव र क्षमतालाई मध्यनजर गर्दै उनलाई यतिबेला नेकपा एमालले पोखरा ४ को वडा अध्यक्षको उम्मेदवार बनाएको छ । समुन्नत वडा निर्माणका लागि पनि वडाबासीले आफूलाई विजयी हुनेगरी मतदान गर्ने विश्वासमा छन् उनी ।
तपाईंलाई किन मतदान गर्ने भनेर हामीले सोधेको प्रश्नमा उनले भने, ‘सुशासन र समृद्धिको लागि वडा अध्यक्षमा मलाई मतदान गर्नुपर्छ ।’ सामाजिक आर्थिक रुपान्तरण गर्नको लागि , सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा सुधार ल्याउनको लागि, वडाको फोहोरमैलाको उचित व्यवस्थापन गर्नको लागि, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो रहनसहनको लागि, निरोगी वडा स्वस्थ वडाबासी बनाउनको लागि, मौलिक कला र संस्कृतिको संरक्षण गरी पर्यटनमा वृद्धि गर्नको लागि, संस्थागत सुदृढीकरण र संस्थागत विकास गर्नको लागि आफूलाई वडाबासीले मतदान गर्नेमा उनी विश्वस्त छन् ।

खुसि ज्येष्ठ नागरिक खुसी वडा बनाउने अभियानमा आफू लाग्ने उनले बताए । ‘हाम्रा वडाका जनप्रतिनिधिहरु शासक होइनन् सेवक हुन् भन्ने आभास दिलाउन चाहन्छु,’ उनले भने, ‘हाम्रा वडाका जनप्रतिनिधिहरु सामाजिक जागरण र विकास अभियन्ता हुन् भने चिनाउन चाहन्छौं ।’ वडाका जनप्रतिनिधिहरुले आफूले भ्रष्टाचार गर्ने छैनन् र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्नको लागि सक्रिय हुने उनको प्रतिबद्धता छ ।
मुल्मी लायन्स लगायत विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन् । उनी अहिले डिष्ट्रिक्ट कोषाध्यक्षमा मनोनीत भएका छन् ।
ताजा अपडेट
-
१.
नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल
-
२.
औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प
-
३.
देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई
-
४.
मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु
-
५.
भारतद्वारा रक्षा क्षमता अभिवृद्धिका लागि ३९.७ अर्ब अमेरिकी डलरको रक्षा प्रश्ताव स्वीकृत
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
-
४.
कांग्रेसले घोषणा पत्र नभई प्रतिज्ञापत्र ल्याउँछ : गगन थापा
-
५.
विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सिफारिस
सबैसम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




