प्रमुख खवर

ट्राफिक जरिवाना तिर्न बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका  प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।

कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरे।

उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए । उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गरे ।

कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

 

 

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...