काठमाडौं । मसलाको नेपाली ब्राण्ड ‘एनचिएच’का लागि राजधानी काठमाडौंसहित देशभरबाट डिलर आह्वान भएको छ । बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडिएच ब्राण्डका मसलाका लागि डिलर लिन चाहने व्यवसायीले कम्पनीमा सम्पर्क गर्न सक्नेछन् ।
अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री भइरहेको यो मसला स्वदेशी बजारमा पनि लोकप्रिय छ । बजार विस्तारको योजनासहित डिलर विस्तारमा तिब्रता दिइएको कम्पनीले जनाएको छ ।
एनडिएच ब्राण्डमा झण्डै ६० स्वादका मसला उत्पादन हुँदै आइरहेका छन् ।
‘एनडिएच मसला गुणस्तरीय छ,’ कम्पनीका प्रवन्ध निर्देशक कमल सिंह भन्छन्, ‘नेपाललाई अब मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी लागेका छौं ।’ राज्यले पनि स्वदेशी ब्राण्डलाई प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ ।
स्वदेश र विदेश दुवैतिर मसलाको बजार बढाउने अभियानमा कम्पनी रहेको सिंहले बताए ।