राजनीति

चुनावी तालमेल अनुसार काम नगर्नेलाई कारबाही गर्ने गठबन्धनको निर्देशन

file photo

काठमाडौं। सत्तारुढ गठबन्धनका दलहरूले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णय अनुसार काम नगर्नेलाई गठबन्धनले कारबाही गर्ने भएका छन् ।

गठबन्धनको आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णय अनुसार गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गरी सक्रियतापूर्वक जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय अनुसार बागी उम्मेदवारी फिर्ता नलिने र लिन सम्भव नभएको ठाउँमा पनि कार्यकर्ताहरूलाई समझदारीअनुसार अगाडि बढ्न निर्देशन दिइएको छ ।

गठबन्धनको निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरुप कार्य गर्न-गराउन आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरूलाई निर्देश गर्ने ।’

गठबन्धनका दलहरुले स्थानीय तह निर्वाचनमा सबै नेता र कार्यकर्ताहरूलाई तल्लो तहसम्मै एकता गरेर अगाडि बढ्न भनेको हो ।

‘गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने । यो निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय गरियो ।’ भन्ने गठबन्धनको निर्णयमा उल्लेख रहेको छ ।

 

सम्बन्धित समाचार

शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता

शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता

सिन्धुपाल्चोक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवार...

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई

विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले माघ ६ गते उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएसँगै अब...

रेशम चौधरीको उम्मेदवारी खारेज

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं। कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका रेशम चाैधरीको उम्मेदवारी खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले...

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली

धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न...