सोमवार, माघ २८, २०८१
English
Follow us:

स्कुल लिडरहरुलाई ‘लिडरशिप ट्रेनिङ फर स्कुल लिडर’ ट्रेनिङ

स्कुल लिडरहरुलाई ‘लिडरशिप ट्रेनिङ फर स्कुल लिडर’ ट्रेनिङ

  • खबर सेवा

  • आइतवार, बैशाख १८, २०७९

  • 27
    SHARES

काठमाडौं । नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिबाट स्कुल लिडरहरुको लागि आयोजित ‘लिडरशिप ट्रेनिङ फर स्कुल लिडर’ ट्रेनिङ आइतबार सम्पन्न भएको छ । नेशनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा यल्लो प्यागोडा होटलमा कार्यक्रम भएको हो ।

कार्यक्रममा काठमाडौंका ७५ स्कुलका स्कुल लिडरहरुको सहभागितामा रहेको सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिए । ट्रेनर सुशील बुढाथोकी, कोडिङ सिस्टम ट्रेनर सुशान्त डङ्गोल, कि नोट स्पिकर अनिल चित्रकार लगायतले बदलिँदो अवस्थामा स्कुल लिडरको भूमिकाको विषयमा तालिम प्रदान गरेका थिए ।

ट्रेनिङमा सहभागी नेशनल प्याब्सनका केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी, जिल्ला समिति पदाधिकारी, नगर समिति पदाधिकारी साथै विभिन्न विद्यालयबाट लिडरहरुको उपस्थिति रहेको नेशनल प्याब्सन काठमाडौं जिल्ला उपाध्यक्ष तथा तालिम विभाग प्रमुख मनोज होम बहादुर अधिकारीले जानकारी दिए।

तालिक कार्यक्रम नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति अध्यक्ष खड्कबहादुर बस्नेतको अध्यक्षतामा भएको हो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology