आइतवार, माघ २७, २०८१
English
Follow us:

तिलोत्तमाका मेयर घिमिरेको चुनौती : आयोगले मैले आचारसंहिता उल्लङ्घन गर्दा कारबाही गर्न सके गरे हुन्छ

तिलोत्तमाका मेयर घिमिरेको चुनौती : आयोगले मैले आचारसंहिता उल्लङ्घन गर्दा कारबाही गर्न सके गरे हुन्छ

  • खबर सेवा

  • सोमवार, बैशाख १९, २०७९

  • 7
    SHARES

आफूले आचारसंहिता उल्लङ्घन गरेवापत् कारबाही गरेर देखाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा बहाल रहेरै एमालेको चुनाव प्रचारमा सक्रिय वासुदेव घिमिरेले निवार्चन आयोगलाई चुनौती दिएका छन् ।

एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा घिमिरेले आफूले आचारसंहिता उल्लङ्घन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘मैले निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लङ्घन गर्दा कारबाही गर्न सके गरे हुन्छ ।’

निर्वाचन आचारसंहिता विपरीत उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् । उनी दिनहुँ एमाले उम्मेदवार मोहन चापागाईँ र जागेश्वरीदेवी चौधरीको चुनाव प्रचारमा खटिएका छन् ।

पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लङ्घन गर्नु सामान्य भएको बताए । उनले भने, ‘म पार्टीको कार्यकर्ता हुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैले यसले आचारसंहिता उल्लङ्घन गर्‍यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’

उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए । प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत जिम्मेवारी लिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology