स्वास्थ्य नयाँ रणनीति : सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल खोल्न प्राथमिकता
काठमाडौं। सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र-रणनीति योजना २०२२-२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ ।
मन्त्रालयले हाल रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्ने दिनेगरी मस्यौदा तयारी थालिएको हो ।
“अहिले सरकारी अस्पताल भएका ठाउँमा निजी छन् । निजी भएका ठाउँमा सरकारी पनि छन्”, पौडेलले भने, “रणनीतिमा अब हामीले निजी अस्पताल खोल्दा सरकारी अस्पताल नभएको ठाउँमा मात्रै खोल्ने गरी व्यवस्था गर्दैछौँ ।”
उनले यसरी निजी अस्पतालले सरकारी अस्पताल नभएको ठाउँमा खोल्दा कर छुट दिने तथा सहुलियतसमेत दिइने बताए । मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार गर्दैछ ।
स्वास्थ्य रणनीति तयार गर्न विभिन्न विज्ञ, सङ्घसङ्स्था र सेवाग्राहीसँग सुझाव सङ्कलन गरिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यका साथ रणनीति तयार पारिरहेको पौडेलले बताए ।
उनका अनुसार हाल रणनीतिको मस्यौदा तयारी भइरहेको हो । आगामी साउनदेखि लागू हुनेगरी मस्यौदा बनाइरहेको उनको भनाइ छ ।
“अहिले हामी सुझाव सङ्कलनको चरणमा रहेका छौँ”, पौडेलले भने, “पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य तथा शिक्षा समितिमा पनि रणनीतिकाबारेमा छलफल गर्नेछौँ ।”
यस्तै सङ्घीय संरचनाअनुरुप सबै स्वास्थ्य प्रणालीलाई उत्थानशील, उत्तरदायी र जवाफदेही बनाइने, स्वास्थ्य क्षेत्रको उपयोग गर्दा नागरिकमा पर्ने खर्च जोखिम कम गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा समातामूलक र सहज पहुँच सुनिश्चित गर्ने, जनसङ्ख्या, बसाइँसराइ र बढ्दो शहरीकरण व्यवस्थापन गर्ने रणनीतिका उद्देश्य रहेका छन् ।
यस्तै महामारीभन्दा पनि अहिले नसर्ने रोग बढिरहेकाले रणनीतिमा नसर्ने रोगको रोकथाम र नियन्त्रणमा ध्यान दिइएको महाशाखाका प्रमुख डा पौडेलले बताए । उनले रणनीतिमा स्वास्थ्यमा लगानी बढाइ गुणस्तर स्वास्थ्य सबैको पहुँचमा पुर्याउने आवश्यकता समेत रहेको बताए ।
“जनसङ्ख्यामा ज्येष्ठ नागरिकको बढ्दो अनुपात र कोभिड-१९ जस्ता अप्रत्याशित महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाबाट सिर्जित स्वास्थ्य समस्यालाई पनि रणनीतिमा सम्बोधन गर्न स्वास्थ्यमा थप लगानीको आवश्यकता रहेको छ”, उनले भने ।
रणनीतिमा जनशक्तिको प्रक्षेपणअनुसार उत्पादन, स्वास्थ्य दक्ष जनशक्तिको परिचालन, स्वास्थ्य अनुशासन र पर्याप्त आर्थिक लगानीको सुनिश्चिता उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले नागरिकको स्वास्थ्यको गुणस्तर कसरी बनाउने भन्ने रणनीतिमा उल्लेख गरिएको बताए । रणनीतिले सबै नागरिकको स्वास्थ्य सेवाको गुणस्तर ल्याउने बताए ।
ताजा अपडेट
-
१.
मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो
-
२.
वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
-
३.
कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
-
४.
जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हरायो
-
५.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




