शुक्रबार, मंसिर १९, २०८२
English
Follow us:

निर्वाचन आयोगले माग्यो स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग जवाफ

निर्वाचन आयोगले माग्यो स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग जवाफ

  • खबर सेवा

  • सोमवार, बैशाख १९, २०७९

  • 118
    SHARES

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थासँग जवाफ माग गरेको छ ।

स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरूसँग जवाफ मागेको हो ।आयोगले लिखित जवाफ माग गरेका ४५ संस्थामा महिला पुनर्स्थापना केन्द्र (ओरेक) लगायतका सङ्घसंस्थाहरू छन् ।

आयोग उच्च स्रोतले भन्यो, ‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको माग गर्दा प्रयोग गरिएका शब्दहरू आफैँमा आचारसंहिता विपरीत भएको भनी सूचना आएपछि तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।’

केही दिनअघि एउटा कलेजमा भएको कार्यक्रममा स्थापितले महिलाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा सङ्घसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी रद्द गर्न माग गरेका थिए ।

स्थानीय चुनामा काठमाडौं महानगरपालिका प्रमुखमा एमालेबाट उठेसँगै स्थापित विवादमा तानिएका छन् । उनलाई महिलामाथी दुरव्यवहार गरेको भन्ने आरोप लागि रहेको छ । सोही कारणले उनको उम्मेद्वारी रद्द को माग गरीरहेका छन्


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology