मुस्ताङमा च्याङ्ग्राको ऊन सङ्कलन र प्रशोधनमा नयाँ प्रविधि
काठमाडौं । मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भिर्याइएको छ ।
नेपाल पश्मिना उद्योग सङ्घद्वारा विश्व व्यापार सङ्गठन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा काजिकिस्तानको प्रविधि र सीप भिर्याइएको हो ।
च्याङग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाइ गुणस्तर सुधार गर्न विदेशी सीपसहितको तालिम सञ्चालन गरिएको सङ्घले जनाएको छ ।
सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने काइयो भिर्याइएको र त्यसको प्रयोगका विषयमा मुस्ताङका किसानलाई तालिम सञ्चालन गरिएको जानकारी दिए ।
“नेपालमा अहिलेसम्म परम्परागत तरिकाले ऊन निकाल्ने चलन थियो,” उनले भने “काजिकिस्तानबाट प्रशिक्षक बोलाएर ऊन निकाल्ने सीप र प्रविधि भिर्याएका हौँ ।” च्याङ्ग्राको स्वास्थ्यमा असर नपर्ने गरेर ऊन निकाल्न मिल्ने काइयो नेपालमै पहिलो पटक मुस्ताङमा भित्र्याइएको उनले बताए ।
सो काइयोको प्रयोगबाट ऊन निकाल्ने सीप सिकाउन लोमान्थाङमा ३५ जनालाई काजिकिस्तानका सविरले प्रशिक्षक प्रशिक्षण दिनुभएको छ ।
तालिम लिएका किसानसहितको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाको सात स्थानमा २५ देखि ३० किसानलाई तालिम सञ्चालन गरेका छन् । सो तालिममा मनाङका दुई किसानसमेतको सहभागिता थियो ।
तालिमका सहभागी किसानलाई नयाँ प्रविधिमार्फत ऊन निकाल्ने काइयो वितरण गर्ने तयारी छ । सङ्घले मङ्गोलिया र चीनबाट ल्याउने पश्मिनाको कच्चापदार्थको आयात घटाएर आत्मनिर्भर बन्नका लागि मुस्ताङ, डोल्पा र मनाङको ऊन प्रशोधन गरेर पश्मिना बनाउने धागो उत्पादन गर्न काठमाडौँमा नेपाल फाइबर प्रोसेसिङ उद्योगसमेत सञ्चालनमा ल्याएको छ ।
मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर डोल्पाको समेत रु एक करोड २५ लाख मूल्य बराबरको दुई हजार ८०० किलो ऊन खरिद गरिएको छ ।
सीप र प्रविधि भित्रिएपछि मुस्ताङमा वार्षिक दश हजार किलो ऊन सङ्कलन गर्न सकिने लोमान्थाङका किसान एवं नेपाल फाइवर प्रोसेसिङ उद्योगका सञ्चालक छिरिङ वाङ्दी गुरुङले बताए ।
उद्योगले मुस्ताङको लोमान्थाङमा जग्गा भाडामा लिएर ऊन सङ«कलन केन्द्र निर्माण थालेको छ । केन्द्र तथा स्थानीयद्वारा भुवा उत्पादनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, सहसचिव गोविन्दबहादुर कार्की, विश्व व्यापार सङ्गठनका नेपाल प्रमुख माथियाज नाप्के, निर्देशक डा विदुर घिमिरे, नेपाल व्यापार प्रवद्र्धन केन्द्रका निमित्त निर्देशक सुयस खनाल, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष विजयकुमार दुगडको टोलीले आइतबार अनुगमन गरेको थियो ।
नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्याङग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पश्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ ।
विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना व्यवसायी भीमप्रसाद शेरचनले बताए ।
मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घट्ने उनले बताए । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन् ।
यसअघि च्याङ्ग्राको शरीरबाटै ऊन झरेर खेर जाने गरेको थियो । ३० प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन साटेर लैजाने गर्छन् ।
कोरोनाका कारण पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन बिक्री हुनसकेको थिएन । प्रतिकिलो अप्रशोधित ऊनको सदरदर मूल्य रु चार हजार ५०० मा खरिद गर्ने सङ्घले जनाएको छ ।
वैशाख–जेठ महिना च्याङग्राको शरीरबाट ऊन निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ ।च्याङ्ग्राको ऊन पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो ।
भेडा र चौरीको तुलनामा च्याङ्ग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले ५२ हजार च्याङग्रा पालेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
सुनको भाउ घट्यो
काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र...
काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
भद्रपुर ९झापा०, ८ माघः चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा...
तोलामा दश हजार चार सयले बढ्यो सुनको भाउ
काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार...
कति छ आज तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...




