अर्थ

रिभर फल्स पावर लिमिटेडको आयोजना प्रभावित स्थानीयमा जारी आइपिओ बाँडफाँड

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयहरुमा जारी गरेको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ ।

रिभर फल्स पावर लिमिटेडले आफ्नो आयोजनाका प्रभावित संखुवासभाका स्थानीय जिल्लावासीमा जारी गरेको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने ७ हजार ६ सय ३ वटा आवेदनहरुबाट १३ लाख ८१ हजार ९ सय कित्ताको लागि जम्मा आवेदन परेकोमा विभिन्न कारणबाट निवेदन पुरा नभएको १८ वटा आवेदनका ४ सय ४० कित्ता सेयरलाई रद्ध गरेपश्चात बाँकी रहेको ७ हजार ५ सय ८५ जना आवेदकहरुबाट प्राप्त १३ लाख ८१ हजार ४ सय ६० कित्ता शेयर मध्येबाट १० कित्ता माग गर्ने २२७ २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६ सय ९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ ज्ना, १०० कित्ता माग गर्ने २४९२ जना, ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना, १३० कित्ता माग गर्ने १२ जना माग बमोजिम १३० कित्ता तथा १३० कित्ता भन्दा बढी माग गर्ने २ हजार ३ सय ३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँड गरिएको छ । यसैगरी १३० कित्ता भन्दा बढि कित्ता आवेदन दिने २ हजार ३ सय ३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २ सय ९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई २०७८ चैत्र २७ गते देखि २०७९ बैशाख ११ गते सम्म संखुवासभा जिल्लाका स्थानीयलाई सार्वजनिक निष्काशन खुला गरेको रिभर फल्स पावर लिमिटेडको ७ लाख कित्ता साधारण शेयर निष्काशन गरिएकोमा निष्काशन रकमकोे करिब १.९७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

सम्बन्धित समाचार

नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

नीतिगत बहस आर्थिक वृद्धिमा सिमित हुँदा वितरण र पुनःवितरणको सवाल ओझेलमाः मुख्यसचिव अर्याल

काठमाडौँ। सरकारका मुख्यसचिव सुमनराज अर्यालले मुलुकको आर्थिक सुधारको पहिलो चरणमा वितरण र पुनर्वितरणको सवाल ओझेलमा परेको बताउनुभएको छ ।...

औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

औद्योगिक विकास र कानूनी सुधारमार्फत १० वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउने परिसंघको संकल्प

काठमाडौँ। नेपाल उद्योग परिसंघ/सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रलाई आगामी एक दशकभित्र १०० अर्ब डलरको आकारमा पु¥याउने महत्वाकांक्षी लक्ष्य...

कति छ तरकारीको मूल्य?

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल

काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...