शनिबार, माघ २६, २०८१
English
Follow us:

हामी निर्वाचित भएपछि पोखराका जिर्ण बाटाको मुहार फेछौँ : आचार्य

हामी निर्वाचित भएपछि पोखराका जिर्ण बाटाको मुहार फेछौँ : आचार्य

  • खबर सेवा

  • मङ्लबार, बैशाख २०, २०७९

  • 20
    SHARES

काठमाडौं । गठबन्धनका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार धनराज आचार्यल आफु निर्वाचित भएपछि पोखराका सडकहरु मर्मत सम्भार गर्दै स्तरोन्नती गर्ने बताएका छन् ।

साथै आर्चायले पोखरा महानगरपालिका काम गर्न नसकेर विचरा भएको टिप्पणी गरेका छन् ।पोखरा १५ मा जारी चुनावी घरदैलो कार्यक्रमका क्रममा उमेदवार आचार्यले पोखरा महानगरको कमजोर नेतृत्वका कारण पोखरामा विकास हुन नसकेको बताएका हुन् ।

उनले भने, ‘कमजोर नेतृत्वकै कारण न विकास भयो, न त समृद्धिको आधार नै तयार भयो ।’ उमेदवार आचार्यले अहिले पोखराका बाटाहरु अहिले रोइरहेको टिप्पणी गरे ।

उनले भने, ‘पोखराका जिर्ण बाटाहरु रोएका छन् । जसका कारण पोखरेलीले खुसीको सास फेर्न पाएनन्, वितेको पाँच वर्ष त्यसै खेर गयो ।’उनले अव आफु निर्वाचित भएपछि पोखराका सडकहरु मर्मत सम्भार गर्दै स्तरोन्नती गर्ने विश्वास समेत दिलाए ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology