लेखापरीक्षण व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउन अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षण मर्यादित र व्यवसायिक बनाउन निर्देशन दिएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन् ।
लेखापरीक्षण व्यवस्थित नहुँदा मुलुकको शासन व्यवस्था पनि प्रभावित हुने भएकाले त्यसलाई मर्यादित र पारदर्शी बनाउनुपर्नेमा अर्थमन्त्रिले जोड दिए ।
वित्तीय अनुशासन कायम गर्नरगराउन लेखापरीक्षकको भूमिका महत्त्वपूर्ण छ,’ अर्थमन्त्री शर्माले भने, ‘लेखापरीक्षण कुनै संस्था वा कम्पनीको हिसाब-किताबमा मात्रै सीमित नभई समग्र देशको सम्पत्ति मूल्याङ्कनमा पनि प्रयोग हुनुपर्छ ।’
अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ति, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको शर्माले बताए ।
उक्त अवसरमा सम्पूर्ण सम्पत्तिको सही लेखाजोखा गर्नुपर्ने दायित्वबाट लेखापरीक्षक कत्ति पनि विमुख हुन नहुने उनले बताएका थिए ।
व्यवसाय वा सम्पत्तिको लेखापरीक्षण गर्दा जोड-घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर पर्ने भन्दै यस विषयमा ध्यान दिन लेखापरीक्षकहरूलाई शर्माले आग्रह समेत गरेका छन् ।
त्यस्तै कार्यक्रममा आईक्यानका अध्यक्ष युद्धराज ओलीले पहिलो पटक आयोजना भएको लेखा व्यवसायी सम्मेलनबाट राष्ट्रिय अर्थतन्त्रका विषयमा गम्भीर रूपले चिन्तन हुने बताएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
३.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
४.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
सूचनाको समान पहुँच नहुँदा अर्थतन्त्र प्रभावितः अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढंगले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।...
आज घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन...
कति छ तरकारीको मूल्य?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका...
असी प्रतिशतले घट्यो सुन कारोबार
काठमाडौँ । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन...




