राजनीति

निर्वाचन आचारसंहिता उल्लङ्घनगर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत काम गर्ने १० जनामाथि मकवानपुरमा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

हेटौँडाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको लिखत उजुरी परेपछि कारबाही सुरु गरिएकोे जनाइएको छ ।

निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचारप्रसार गर्नेमा निजामती कर्मचारी, शिक्षक, सांसद र मन्त्रीसमेत रहेको बताइएको छ । आचारसंहिता विपरीत जानेलाई लिखितरुपमा स्पष्टीकरण माग गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी सागर शर्माले हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी तथा सार्वजनिक पद धारण गर्ने सांसद र मत्रीले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको र सामाजिक सञ्जालमा भोट माग्ने प्रचार गरेको देखिएको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकारी दिए ।

उनीहरुको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारबाहीका लागि पठाइने उनले जानकारी दिए । आचारसंहिता विपरीत काम गर्ने कर्मचारीलाई निर्वाचनमा नखटाइने उनले बताए ।

यसै सम्बन्धमा निर्वाचन आचारसंहिता पालना गर्नका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आह्वानमा सोमबार सर्वपक्षीय बैठक बसेको थियो ।

बैठकमा सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षक तथा कर्मचारी र सार्वजनिक पद धारण गर्ने व्यक्तिले आचारसंहिताको बेवास्ता गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेकाले प्रमाणका आधारमा कारबाही गरिने उनले बताए ।

सम्बन्धित समाचार

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई

काठमाडौँ। देवेन्द्र गौतम पत्रकारिता पुरस्कार जनआस्था साप्ताहिकका प्रधान सम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाली पत्रकारितामा...

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्यः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्यः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताउनुभएको छ...

निर्वाचनलाई निष्पक्ष र विश्वासिलो बनाउन सञ्चार माध्यमको भुमिका महत्वपूर्णः सचिव राउत

निर्वाचनलाई निष्पक्ष र विश्वासिलो बनाउन सञ्चार माध्यमको भुमिका महत्वपूर्णः सचिव राउत

काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी आवधिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो ढंगले सम्पन्न गर्न सञ्चार माध्यमको भुमिका...

समाज कल्याण परिषद्का कर्मचारी निष्कासनप्रति राष्ट्रिय सभामा आपत्ति, निर्वाचन आचारसंहिता उल्लंघनको प्रश्न

समाज कल्याण परिषद्का कर्मचारी निष्कासनप्रति राष्ट्रिय सभामा आपत्ति, निर्वाचन आचारसंहिता उल्लंघनको प्रश्न

काठमाडौँ। राष्ट्रिय सभा सदस्य गोपालप्रसाद भट्टराईले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको समाज कल्याण परिषद्मा कार्यरत १६ जना...