प्रमुख खवर

सेफ्स एशोसिएशनद्वारा नेपाली परम्परागत खाना सातै प्रदेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड

काठमाडौं । सेफ्स एशोसिएशन अफ नेपालले मुलुकका सातै प्रदेशमा नेपाली परम्परागत मौलिक खानालाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

सेफ्स एशोसिएशन अफ नेपालको २८औँ वार्षिकोत्सव एवं राष्ट्रिय सेफ दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एशोसिएशनका अध्यक्ष श्याम लामाले सातै प्रदेशमा यो कार्यक्रम गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन साना होटलदेखि तारे होटलसम्म नेपाली खानाको मेनु राख्नुपर्ने बताए । “नेपाली खानालाई विश्वमाझ फैलाउने काम नेपाली सेफकै हो, यसका लागि होटल व्यवसायी र सेफ एकजुट भएर अगाडि बढ्नुपर्छ”, अध्यक्ष लामाले भने। नेपाली आन्तरिक हवाइ उडानमा समेत नेपाली खानाको प्रवद्र्धन गर्नुपर्ने उनको सुझाव थियो ।

होटल एशोसिएशन अफ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले नेपाली परम्परागत एवं मौलिक खानामार्फत पर्यटन प्रवद्र्धनमा लाग्नका लागि नेपाली सेफहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले नेपाली खानालाई देश-विदेशमा प्रवद्र्धन गर्नका लागि हान एशोसिएशनसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । आलीबाट थालीसम्मका अभियान्ता लक्ष्मणप्रसाद भण्डारीले १२७ प्रकारका खानालाई व्यावसायीकरण गर्नसके मुलुकमा खानामार्फत पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भने ।

विसं २०५३ वैशाख २२ गते स्थापना भएको एशोसिएशनले विसं २०७२ मा सेफ्स एशोसिएशन फाउण्डेशन दर्ता गरी होटल तालिम प्रदान गर्दै आइरहेको छ ।

उक्त फाउण्डेशनका कार्यकारी निर्देशक रेशम लामाले हालसम्म ५०० भन्दा बढी विद्यार्थीलाई होटल तालिम प्रदान गरिसकिएको बताए ।

एशोसिएशनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई ‘फुड सेफ्टी’ र कार्यक्षेत्रको सुरक्षासम्बन्धी अल्पकालीन तालिमसमेत प्रदान गर्दै आएको छ ।

एशोसिएशनका पूर्वअध्यक्ष रत्नबहादुर थापा, गोविन्दनरसिंह केसी, श्रीराम अधिकारी, खड्गविक्रम लामालगायतले सीकेको सीपलाई हस्तान्तरण गर्दै नेपाली होटलमा नेपाली सेफ नै प्रयोग गर्ने वातावरण निर्माणमा एशोसिशसन लाग्नुपर्नेमा जोड दिए ।

एशोसिएशनको तथ्याङ्कानुसार हाल नेपालका होटलमा ६० प्रतिशत नेपाली र ४० प्रतिशत विदेशी सेफ कार्यरत छन् ।कार्यक्रममा सन् २०१५ मा चीनमा सम्पन्न चाइनिज कुजिङ वल्र्ड च्याम्पियन विजेता सेफ रेशमकुमार लामा तामाङ, पदम आलेमगर, कृष्णकाजी बस्नेत र सुवर्णमान कर्माचार्यलाई सम्मान गरिएको थियो ।

यस्तै सेफ पेशामा २५ वर्ष पूरा गरेका वरिष्ठ सेफ र एशोसिएशनका पूर्वअध्यक्षलाई समेत सोही अवसरमा सम्मान गरिएको थियो । एशोसिएशनको स्थापना दिवसका अवसरमा विभिन्न जातजातिका खानालाई समेटेर ‘खाना महोत्सव’ समेत गरिएको थियो ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...