प्रमुख खवर

ट्राफिक प्रहरीद्वारा तीव्रगतिमा गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न चालकलाई आग्रह

बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ बढुबेँसीमा भएको सवारी साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र सहचालकका लागि सचेतना अभियान थालेको छ ।

चालक र सहचालकको असावधानीका कारण हुने गरेको दुर्घटना न्युनीकरणका लागि जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले चालक र सहचालकलाई सडकमै सचेत गराउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चक्रराज जोशीले बताए ।

सवारी चालक र सहचालक सचेत भएर सवारी चलाउन आग्रह गर्दै उनीहरुलाई तीव्रगति, अनावश्यकरूपमा उछिन्ने प्रवृत्ति र प्रतिस्पर्धा गरी सवारी चलाउने काम नगर्न सचेत गराइएको हो ।

जिल्लाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयले आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङमा सुरक्षा जाँचको कामलाई तीव्र पारेको छ ।

“ एकछिनको तीव्रगतिको हँकाइका कारण अकालमा ज्यान जानसक्ने भएकाले हरेक यात्रुलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्‍याउनु मेरो जिम्मेवारी हो भन्ने चालकले सोचेर सवारी साधन चलाउन आवश्यक छ”, प्रहरी प्रमुख जोशीले भने ।

गतिलाई ध्यान दिनुस्, एउटा सवारीदेखि अर्को सवारीसाधनबीचमा रोक्ने बेलाको दूरीमा ध्यान दिँदै हतार नगरी चलाउनुस्, बुधबार भएको दुर्घटना पनि छिटो र हतारका कारण भएको भन्दै उनले हरेक चालक र सहचालकलाई ट्राफिक नियम पालना गर्न र यात्रुलाई गन्तव्यसम्म सुरक्षित तवरले पुर्‍याउने काममा जिम्मेवार बन्न आग्रह गरे ।

चालक तथा सहचालकलाई राजमार्गमा तीव्रगतिमा सवारी साधन नचलाउन, प्रतिस्पर्धा नगर्न, ओभरटेक नगर्न र धेरै लामो दूरीको सवारी साधन चलाउँदा ठाउँ-ठाउँमा रोकेर आराम गरेर मात्रै चलाउन जोड दिँदै प्रहरी प्रमुख जोशीले यस्तो भएको नपाइए कडा कारबाही गर्न मातहतका प्रहरी एकाइ र ट्राफिक प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।

सो घटनापछि जिल्लाका सबै क्षेत्रमा सवारी चालक र सहचालकलाई सचेत गराउन सुरक्षा जाँचको कामलाई तीव्रता दिएकोे छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले हरेक सवारीे चालक र सहचालकलाई हतार नगरी चलाउन, सिटबेल्ट अनिवार्य प्रयोग गर्न आग्रह गर्दै यात्रुलाई पनि चालकले मादक पदार्थ सेवा गरी सवारी साधन चलाएको थाहा पाएमा ठाउँ-ठाउँमा रहेका प्रहरी तथा ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरे ।

बुधवार भएको दुर्घटनाका विषयमा छानबिन गर्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका अधिकृत रामप्रसाद भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिलवाल रहेको समिति गठन गरी घटनाका बारेमा थप अनुसन्धान कार्य अगाडि बढाइएको छ।

उक्त घटनामा परी पाँच जनाको मृत्यु हुनाका साथै १८ घाइते भएका थिए । घाइतेमध्ये १४ को धुलिखेल अस्पतालमा उपचारपश्चात् घर फर्किसकेको र चार जनाको अझै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...