प्रमुख खवर

आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्छ : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिक, मानवीय र भौतिक विकासका दृष्टिले बुटवल केन्द्र बन्ने बताएका छन् ।

आज बुटवलमा उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उनले सञ्चालनमा रहेका योजना पूरा हुँदा बुटवलले नयाँ उचाइ हासिल गर्ने बताए ।

“भौतिक र मानवीय विकासमा रुपन्देही अगाडि छ । अरु ठाउँले यहाँबाट सिक्नुपर्छ । अब यहाँ धेरै गर्नुपर्ने केही छैन, यहँ सुरु भएका योजना सम्पन्न भएमात्र हुन्छ”, उनले भने ।

पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष पौडेलले आफू अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको स्मरण गर्दै कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको बताए ।

“हामीले बजेट ल्याउँदा सारा उद्योग व्यवसायीले प्रशंसा गरे । संस्थागतरूपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ”, उनले भने ।

उनले अर्थतन्त्रलाई अगाडि बढाउन सरकार, सहकारी र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने उल्लेख गर्दै निजी क्षेत्र अनुकूलको वातावरण बनाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

बालेनले पनि गर्नुभयो मतदान

बालेनले पनि गर्नुभयो मतदान

काठमाडौँ( राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गर्नुभएको छ। सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट...

रविले गर्नुभयो मतदान

रविले गर्नुभयो मतदान

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले मतदान गर्नुभएको छ । उहाँले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको...

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

रवि लामिछानेको आधिकारिक फेसबुक पेज पुनः सक्रिय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो आधिकारिक फेसबुक पेज पुनः आफ्नै नियन्त्रणमा आएको जानकारी...

के आज पानी पर्छ?

के आज पानी पर्छ?

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी...