दुज्यातानको फ्यान नेपालमा पनि धेरै रहेका छन् : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय राष्ट्रिय पर्यटन र राष्ट्रिय पर्यटन पुनरूत्थान प्राविधिक समितिले बिहीबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री प्रेमबहादुर आलेले दुज्यातानले नेपालमा फिल्म छायाङ्कन गर्ने योजना बनाएकोमा खुसी ब्यक्त गरेका छन्।
त्यसका लागि आफु र मन्त्रालयले सक्दो सहयोग गर्ने बताएका मन्त्री आलेले समय निकालेर नेपाल भ्रमणमा आएकोमा धन्यवाद दिएका छन् ।
मन्त्री आलेले भनेका छन् ‘तपाईको चर्चा टर्कीमा मात्र नभएर विश्वमा रहेको छ’ । तपाईको नेपाल भ्रमणले विश्वमा चर्चा चलेको छ । त्यसका लागि तपाईलाई धन्यवाद ’ दुज्यातानको फ्यान नेपालमा पनि धेरै रहेको बताएका मन्त्री आलेले पोखरा भ्रमणको बेला एयरपोर्टमा कुर्ने सयौँको भिडले पनि त्यो प्रमाणित गर्ने बताए ।
मन्त्री आलेले भने ‘मैले थाहा पाएँ तपाई र तपाइँको टोलीको फेरि नेपाल आएर फिल्म बनाउने तयारी छ’ । ‘त्यसका लागि मेरो मन्त्रालयको तर्फबाट जे जस्तो सहयोग गर्नुपर्छ हामी तयारछौ ।’
मन्त्री आलेले आफुले फेरि दुज्यातानलाई नेपालमा स्वागतको आसशा गरेको बताए । ‘घाइते अवस्थामा पनि नेपाल भ्रमण आउनुभयो । तपाई र तपाईंको टिमलाई धन्यवाद’ मन्त्री आलेले भने ।
दुज्यातानले नेपाल फिल्म छायाङ्कन गर्ने योजनाले आफु टिमसहित भ्रमणमा आएको सुनाए । नेपालमा कसरी फिल्म छायाङ्कन गर्न सकिन्छ भनेर अवलोकन समेत आफुहरुले गरेको उनले बताए ।
टर्कीका सुपरस्टार इन्जिन अल्टन दुज्यातानले आफु फिल्म छायाङ्कन गर्न फेरि नेपाल आउने बताएका छन् । नेपालीको माया, अतिथि संस्कार र नेपालको प्राकृतिक सौन्दर्य अद्भूत रहेको धारणा राखेका उनले जुन फष्टमा फिल्म छायाङ्कनका लागि टिमसहित फेरि नेपाल आउने बताए ।
‘मेरो यो पहिलो भ्रमण हो, अन्तिम होइन’ उनले थने- ‘हामी फेरि भेट्नेछौँ ।’ उनले आफ्नो भ्रमणमा सहयोग गर्ने र आफुलाई माया गर्ने सबैप्रति आभार ब्यक्त गरे ।
नीर शाह, आकाश अधिकारी, गायिका इन्दिरा जोशी, दीपाश्री निरौलालगायत सेलिब्रेटीको समेत सहभागिता रहेको कार्यक्रममा दुज्यातानको टिमलाई शिरमा भादगाउँले टोपी समेत लगाइदिइएको थियो ।
सोमबार नेपाल आएका दुज्यातान मंगलबार पोखरा भ्रमण निस्किएका थिए । पोखराको फेवाताल, बेगनासताल तथा सराङकोटलगायत विभिन्न पर्यटकीय स्थालको उनले भ्रमण गरेका थिए ।
कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा आठ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी नेपाल आएका हुन् ।
उनको आगमनले टर्कीका पर्यटकहरुको आगमनमा बृद्धि हुने विश्वास मन्त्रालयको रहेको छ ।टर्कीको ८०० वर्ष पुरानो राजनीतिक घटनामा आधारित टेलिश्रृंखला ‘अर्तुगुल गाजी’ मा दुज्यातानले मुख्य कलाकारको भूमिकामा निर्वाह गरेका छन् ।
सोही टेलिश्रृंखलाबाट उनी विश्वभर चर्चित बनेका हुन् । दुज्यातान बिहीबार राती टर्की फर्किएका छन् ।
ताजा अपडेट
-
१.
शेरबहादुरद्वारा सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति विवरण अनिवार्य रूपमा सार्वजनिक गर्ने कानुन बनाउने प्रतिबद्धता
-
२.
अब निर्वाचन नहुने भन्ने शंका समाप्त, संविधान र लोकतन्त्रको रक्षा गर्न यो चुनाव अपरिहार्य : योगेश भट्टराई
-
३.
रेशम चौधरीको उम्मेदवारी खारेज
-
४.
संघीयतालाई चिहान बनाउँदै ‘सिंहदरबार’ को मृगतृष्णा
-
५.
बैतडी दुर्घटना अपडेट ; ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




