समाचार

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी कामरकारबाही गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयद्वारा आज आयोजित ‘आव २०७८/०७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’को बैठकमा उनले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई प्रत्यक्ष लाभ हुने गरी, प्रतिफल आउने जनमुखी काम गर्न अपिल गरेका हुन् ।

उनले भने, “तपाईहरु जुनजुन जिम्मेवारीमा हुनुहुन्छ, म तपाईहरूलाई एउटा प्रश्न गर्न चाहान्छु, यो त्रैमासिक प्रगति समीक्षामा तपाईहरु सन्तुष्ट हुनुहुन्छ ?, वास्तवमा मैले हेर्दाखरी म उत्साहजनक र सन्तोष गर्ने अवस्थामा छैन, हामीले कार्य सम्पादनको निम्ति सम्झौता पनि गर्‍यौं, तर त्यो सम्झौताअनुसार हाम्रा पाइला अगाडि बढेका छन् कि छैनन्, सम्झौताअनुसार काम भएको छ कि छैन, अब समीक्षाबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने छ ।”

उनले टेलिकममा देखिएको टावर नटिप्ने समस्या जतिसक्दो चाँडो समाधान गर्न निर्देशन दिँदै इन्टरनेटको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सरकारका प्रवक्ता कार्कीले आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई बजेटमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जनताले विकास र समृद्धि चाहेको हुँदा तीव्र गतिमा काम गर्नेपर्ने उनको भनाइ छ ।मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विगतका आर्थिक वर्षको तुलनामा चालु आवमा प्रगति भएको देखिए पनि फछ्र्यौटलाई कम गर्दै लैजानुपर्ने बताए ।

उनले ‘डिजिटल आर्काइभ’ को कामलाई आगामी आर्थिक वर्षभित्रमा सक्नुपर्ने बताउँदै डिजिटल हस्ताक्षरको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), सूचना तथा प्रसारण विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल टेलिभिजन र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लगायतका प्रतिनिधिले आ-आफ्नो कार्यालयको कार्य प्रगतिबारे प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

१२१ किलो चरेससहित दुई पक्राउ

१२१ किलो चरेससहित दुई पक्राउ

काठमाडौं। मकवानपुरमा करिब १२१ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेसजस्तो देखिने...

हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा...

कुमाल बस्तीमा पिउने पानीको समस्या

कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर। षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार...

काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम

काठमाडौँको तापक्रम माघ लागेलगत्तैको कम

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बुधबार) माघ लागेयताकै कम देखिएको छ। मौसम पूर्वानुमान माहशाखाका अनुसार बिहान ५:४५ बजे...