शनिबार, माघ ५, २०८१
English
Follow us:

मन्त्रिपरिषद्द्वारा जेठ ३ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्द्वारा जेठ ३ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

  • खबर सेवा

  • आइतवार, बैशाख २५, २०७९

  • 8
    SHARES

काठमाडौं । मन्त्रिपरिषद् बैठकले जेठ ३ गते सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ ।

त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology