परिवर्तन, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न नेता जनार्दन शर्माको अपिल
काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आसन्न स्थानीय तह निर्वाचनमा परिवर्तन, प्रगति, शान्ति र समृद्धिको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।
आसन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा आज विशेष अपिल जारी गर्दै उनले प्रतिगामी र प्रगतिशील शक्तिबीचका लडाइँका रुपमा निर्वाचन आएकाले प्रतिगमनलाई परास्त गर्नु आजको मुख्य कार्यभार रहेको बताए ।
एक मतले राष्ट्रको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धिको एजेन्डा संस्थागत गर्न निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै नेता शर्माले सम्पूर्ण मतदाता र गठबन्धनका नेता कार्यकर्तालाई वाम लोकतान्त्रिक गठबन्धन पक्षधर शक्तिलाई विजयी बनाउन आग्रह गरे ।
स्थानीय तहको कार्यसम्पादनले मुलुकको समग्र समृद्धिको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सबल, सक्षम, क्षमतावान, सुशासनयुक्त र प्रभावकारी स्थानीय तह अहिलेको आवश्यकता रहेको बताउँदै नेता शर्माले मतदानपूर्व स्थानीय तहको राजस्व परिचालन, पारदर्शीता र सुशासनका सम्बन्धमा ध्यान दिनुपर्ने बताए ।
सीमित स्रोत र साधनकाबीच स्थानीय सरकारले जनताको अपेक्षा र भावनाबमोजिमको काम गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न सक्नुपर्नेमा जोड दिँदै उनले पारदर्शीता, गुणस्तरीयता, जवाफदेहिता र जनताको अपनत्व पनि सुनिश्चित हुने गरी जनप्रतिनिधिले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
“सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकांक्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ । मतदानमा हामीले गर्नुपर्ने विवेकपूर्ण निर्णय यही हो”, उनले भने ।
स्थानीय तहहरू सामान्य सरकार होइनन् भन्दै उहाँले स्थानीय सरकार लोकतन्त्र, विकास, सेवा प्रवाह र शासनका केन्द्रबिन्दुका रुपमा रहेको बताए ।
सङ्घीय संरचनामा सङ्घीयताको लाभ जनतालाई प्रत्यक्ष रूपमा अनभूत गराउने प्रस्थानविन्दु पनि स्थानीय तह नै भएको उल्लेख गर्दै उनले नागरिकको सबैभन्दा नजिकैको शासकीय इकाइ स्थानीय तह सबल र सक्षम नभइ मुलुकको विकास र समृद्धि सम्भव नभएको बताए । “आम नागरिकमा सुशासनको प्रत्याभूति गराउने मुख्य कर्तव्य रहेको स्थानीय तहको महत्व असिमित छ”, उनले भने ।
नेता शर्माले स्थानीय समृद्धि र स्थानीय विकासका लागि स्थानीय तहको समग्र क्षमता विकास कुशल नेतृत्व र पारदर्शी कार्यसम्पादन चाहिने बताए ।
“स्थानीय तहले केन्द्रबाट गएको मात्र होइन, आफ्नै तहको तर्फबाट रोजगारमूलक कार्यक्रम बनाउनुपर्छ स्थानीय तह रोजगार योजना बनाउने र हरेक वर्ष वार्षिक बजेटमा कार्यक्रम समेट्नुपर्छ”, उनले अपिलमा भने, “सीपमूलक तामिल दिने र विदेशबाट आएकालाई सीपअनुसार काम गर्न उत्साही गर्नुपर्छ हामीले यही विषयलाई मध्यनजर गरेर जनप्रतिनिधि छान्नुपर्छ ।”
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
रास्वपाका उम्मेदवारको कारले किचेर बालिका मृत्यु प्रकरण : चालकविरुद्ध पाँच दिन म्याद थप, उम्मेदवार वक्तव्यबाजीमा
-
३.
प्रदीप अधिकारीले थुनामै राख्नुपर्ने आदेश सर्वोच्चबाट सदर
-
४.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
५.
फेसबुक चलाउँदा पनि लाग्छ निर्वाचन आचारसंहिता, सचेत हुनुहोस्
सम्बन्धित समाचार
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा
जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...
झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...
कति छ काठमाडौँ उपत्यकाको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...
प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की
काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...




