पाकिस्तानका विदेशमन्त्री अमेरिका जादैँ
काठमाडौं । पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जाने भएका छन् । यही मे महिनाको मध्यतिर उनले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन् ।
कुटनीतिक श्रोतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमहरुले लेखेको समाचारअनुसार उनीअमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लागेका हुन् ।
उनीहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका-पाकिस्तान सम्बन्धको ७५औँ बार्षिकोत्सवको अवसरमा उनीहरुबीच टेलिफोन संबाद भएको हो ।
उनीहरुले आपसी सम्बन्ध थप बलियो बनाउदै लैजाने, सहकार्यका नयाँ ढोकाहरु खोल्नेलगायतका विषयमा पनि कुरा गरेका जनाइएको छ ।एएनआई
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
जनताप्रतिको सेवाभावमा कमी हुँदैन : ओली
-
२.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
-
३.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
-
४.
औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको क्षमता वृद्धि गरिने
-
५.
विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने
सम्बन्धित समाचार
अप्रिलको चुनावअघि हंगेरीलाई ‘सुरक्षाको टापु’ बनाइराख्ने ओर्बानको वाचा
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आईतवार देशको १८४८ को क्रान्ति र स्वतन्त्रता संग्रामको वार्षिकोत्सवको अवसरमा आयोजित एक विशाल ¥यालीमा हंगेरीलाई...
मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु
मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको...
मेडागास्करका राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त
मेडागास्करका राष्ट्रपति माइकल रान्ड्रियानिरिनाले आईतवार मामिटियाना राजोनारिसनलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको नियुक्ति समारोहमा रान्ड्रियानिरिनाले...
सोफोन जराम थाइल्याण्डको नयाँ सभामुखमा निर्वाचित
भुमजैथाई पार्टीका सांसद सोफोन जराम आईतवार थाइल्याण्डको प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्वाचित हुनुभएको छ । थाई संविधानअनुसार प्रतिनिधि सभाका...




