शुक्रबार, चैत्र १४, २०८१
English
Follow us:

पाकिस्तानका विदेशमन्त्री अमेरिका जादैँ

पाकिस्तानका विदेशमन्त्री अमेरिका जादैँ

  • खबर सेवा

  • सोमवार, बैशाख २६, २०७९

  • 34
    SHARES

काठमाडौं । पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जाने भएका छन् । यही मे महिनाको मध्यतिर उनले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन् ।

कुटनीतिक श्रोतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमहरुले लेखेको समाचारअनुसार उनीअमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लागेका हुन् ।

उनीहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका-पाकिस्तान सम्बन्धको ७५औँ बार्षिकोत्सवको अवसरमा उनीहरुबीच टेलिफोन संबाद भएको हो ।

उनीहरुले आपसी सम्बन्ध थप बलियो बनाउदै लैजाने, सहकार्यका नयाँ ढोकाहरु खोल्नेलगायतका विषयमा पनि कुरा गरेका जनाइएको छ ।एएनआई


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology