सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या
काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो ।
उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको इश्वरपुर नगरपालिका– १२ का बासिन्दा रामबाबु थिङले गुनासो गरे । उनका अनुसार धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरुले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भए पनि अहिले ती कुवा पनि सुक्न थालेपछि खानेपानीको समस्या भएको हो ।
इश्वरपुर–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका–१५ का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४ का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ ।
जिल्लाको कर्णाली भनेर चिनिने यी स्थानका बस्तीमा अरु समयमा पनि सहजै शुद्ध पिउने पानी पाउन समस्या हुने गरेको भए पनि सुक्खा मौसम सुरु भएपछि खानेपानीको थप समस्या देखिएको इश्वरपुर–१२ की जानकी माया विकले बताए । जिल्लाको चुरे क्षेत्रका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनाबाटै खानेपानीको समस्या सुरु हुन्ने गर्दछ । स्थानीय सरकारलाई यो विषयमा जानकारी भएको भए पनि समस्या समाधान गर्न स्थानीय सरकार लागि नपरेको ईश्वरपुर–१२ का जीवन तामाङले बताए ।
यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका प्राविधिकले बताएका छन् । हिउँदका केही महिना जिल्लाको उत्तरी चुरे क्षेत्रका अरु बस्ती भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्गेखोला लगायतका क्षेत्रमा खानेपानीको समस्या हुने गरेको भए पनि त्यो समस्या समाधान गर्न स्थानीय सरकार लागि नपर्दा सो क्षेत्रका सयौँ बस्तीमा खानेपानीको समस्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीय युवा तेज तामाङले बताए ।
उनका अनुसार एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन् । ‘गाउँका सयौँ घरधुरीका लागि अहिले खानेपानीको जोहो गर्न निकै समस्या हुने गरेको हो । “गाउँमा एउटा मात्रै कुवा छ, त्यही कुवामा पनि हिजोआज रातभर जम्मा भएको पानीले दुई÷चार घरलाईसमेत पुग्दैन”, लालबन्दी–१४ नारायणखोलाका जीतबहादुर रानाले भने ।
फागुन÷चैत, वैशाख र जेठमा चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको लालबन्दी–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे । खानेपानीको अभाव टार्न दुई वर्षअघि बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पुर्याए पनि केही स्थानबाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयवासीको भनाइ छ ।
ताजा अपडेट
-
१.
१२१ किलो चरेससहित दुई पक्राउ
-
२.
सबै मिलेर पश्चिम नवलपरासीको विकास अभियानलाई पूर्णता दिनुछ: विनोद चौधरी
-
३.
देशभरका ५ उम्मेदवारविरुद्ध पर्यो उजुरी
-
४.
कमल थापाले विशालनगरमा खोले निर्बाचन समन्वय कार्यालय
-
५.
मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
महानिरीक्षक कार्कीको ‘आमा म त खरानीबाट उठेर आएँ’ गीत सार्वजनिक (भिडिओ)
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




