शनिबार, माघ २६, २०८१
English
Follow us:

नबिल बैंकको कर्मचारी परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’

नबिल बैंकको कर्मचारी परिवारलाई ‘श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति’

  • खबर सेवा

  • मङ्लबार, बैशाख २७, २०७९

  • 8
    SHARES

काठमाडौं । नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि “श्री शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति” सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समय देखि संचालक समितिमा योगदान गर्दै आएका थिए । स्व. पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ति लागि पर्दथे ।

यस छात्रवृत्ति कार्यक्रममा प्रत्येक बर्ष नबिल बैंकका सम्पूर्ण कर्मचारीहरुले राष्ट्रिय परिक्षाबोर्डको +२ तहमा उत्कृष्ट नतिजा ल्याउने मेहेनती तथा जेहेन्दार सन्तानका नाम मनोनयन गर्न सक्दछन् । उच्च शिक्षाको लागि प्रोत्साहन गर्ने उदेश्य सहित बैंकले यो कार्यक्रम ल्याएको हो । मनोनित कर्मचारी परिवारका सन्तानहरुबाट उत्कृष्ट नतिजा ल्याउने २ जना पुरुष र २ जना महिला सन्तानहरुलाई प्रत्येक बर्ष यो पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको रकम ५० हजार रुपैया प्रत्येक विजेता कर्मचारीका सन्तानहरुलाई प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७७÷७८ का लागि निम्न कर्मचारीहरुको सन्तानहरुलाई माथि उल्लेखित आधारमा छात्रवृत्ति प्रदान गरेको छ ।
सुश्री उनिका खनाल (कर्मचारी उदय राज खनालकी छोरी)
श्री दिपसन भट्टराई (कर्मचारी सन्देश राज भट्टराईका छोरँ)
श्री मुकुल अर्याल (कर्मचारी मुरारी प्रसाद अर्यालका छोरँ)

नबिल बैंकको प्रधान कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द« प्रसाद पौड्यालले बैंकका सञ्चालक समितिका सदस्यहरु, वरिष्ठ व्यवस्थापन तहका कर्मचारीहरु, पूर्व अध्यक्षका परिवार र छात्रवृत्ति विजेताहरूको अभिभावकको उपस्थितिमा तीनै विजेताहरुलाई छात्रवृत्तिको रकम सहित प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।

छात्रवृत्ति कार्यक्रमको बारेमा बोल्दै बैंकका अध्यक्ष श्री उपेन्द« प्रसाद पौड्यालले स्व.शम्भु प्रसाद पौड्यालले बैंकलाई प¥याएको लामो योगदानको उच्च प्रश्ँंसा गर्दै उक्त योगदान अत्यन्त महत्वपूर्ण र अविस्मरणीय रहेको जनाए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल केशरी शाहले दशकौंदेखि नबिल बैंक र नबिलियनको वृद्धी र विकासका लागि स्व. पूर्वअध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology