कलेजो,मधुमेह रोगबाट बचाउने लौका खाँदा हुन्छन् यस्ता थप फाइदाहरु ! जान्नुहोस्
काठमाडौं ।हामी सबैको भान्सामा पाक्ने तरकारीमध्ये लौका पनि एक हो । लौकामा सबैभन्दा बढी पानी पाइने गर्छ । यो प्राय गर्मी सिजनमा पाइने गर्छ तर अहिले आधुनिक कृषिका कारण जुनसुकै मौसममा पनि पाइने गर्छ ।
लौकामा ९६ प्रतिशत त पानी रहेको हुन्छ त्यसैले गर्दा यो तरकारी गर्मीमा खाँदा फाइदाजनक रहेको हुन्छ । लौकामा भिटामीन सी, भिटामीन बी, भिटामीन के, भिटामीन ए, भिटामीन ई, फलाम, फोलेट र म्यानग्यानीजजस्ता खनिज पदार्थहरु पनि पाइन्छन् ।
लौका भिटामीन सीको एउटा मुख्य स्रोत मानिन्छ । २५० ग्राम लौकाबाट २५ मिलिग्राम भिटामीन सी प्राप्त गर्न सकिन्छ । यो भनेको हामीलाई एक दिनमा चाहिने भिटामीन सी को लगभग आदि भाग हो ।
लौका सेवान गर्दा मानिसलाई धेरै फाइदा हुने गर्छ । आज हामी तपाइलाई लौका खाँदा हुने फाइदाबारे जानकरी दिन गइरहेका छौ ।
लौका सेवन गर्दा निम्न फाइदा हुने गर्छन् :-
-लौका पाइदने पोटासियमले हाम्रो प्रेसर कम राख्न र हाम्रो शरीरमा हुने इलेक्ट्रोलाइटलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
-लौकामा पाइने फाइबरले पाचन प्रक्रियालाई सहज बनाउनुका साथै कब्जियत, पाइल्स्, पेट ढुस्स हुने, वाकवाकी लाग्ने, आदि जस्ता समस्याहरुबाट मुक्ति दिन्छ ।
-लौकामा पानी बढी पाइने भएकोले यसले थकानबाट जोगउँछ भने शरीरलाई चिसो पानी कम हुँनबाट बचाउछ । शरीरभित्रको फोहोर फाल्ने मात्र नभई नाकबाट रगत आउने, डण्डीफोर आउने र अल्सरजस्तो रोगविरुद्ध लड्नको लागि पनि लौकाले सहयोग पुर्याउँछ ।
-लौकामा भिटामीन सी र यसमा पाइने जिंकले चाउरीपना र बुढ्यौलीपनाबाट पनि जोगाउँछ । र यही जिंकले नशा बलियो बनाउने र रुघाखोकीबाट सुरक्षा दिन्छ । साथै भिटामीन बी ले कपाल फुल्न बाट बचाउँछ ।
-लौकाले तौल घटाउन पनि मद्दत गर्छ ।
– लौकाले एण्टीअक्सिडेन्टको पनि काम गर्ने हुनाले लौकाले हाम्रो शरीरको कोषहरुलाई खराब हुनबाट जोगाउँछ, रगतमा कोलेस्ट्रोलको मात्रालाई ठीक गर्छ ।साथै मस्तिष्कको कार्य सञ्चालनमा पनि सहयोग गर्दछ ।१०० ग्राम लौका खाँदा यसले शरीरलाई १५ क्यालोरी मात्र दिन्छ । यसमा हुने भिटामीन, खनिज र फाइबरले शरीरलाई उचित पोषण प्रदान गर्छ ।
-लौकाले कलेजोको लागि पनि यो अत्यन्तै फाइदाजनक छ ।आयुर्वेद विद्याले पनि लौकाको सेवनले कलेजोको कार्यप्रणालीमा सहयोग गर्ने र सुन्निन नदिने भएकाले कलेजोको लागि यसको प्रयोगमा जोड दिन्छ ।
-लौकाले लठ्याउने औषधीको जस्तो काम गर्न सक्छ । यसले गर्दा हामी शान्त र आराम हुन सक्छौँ । यसमा प्रशस्त मात्रामा हुने कोलिनले मस्तिष्कको कार्यशक्ति बढाउन र मानसिक तनाव र डिप्रेसनजस्ता समस्याबाट पनि उन्मुक्ति दिन्छ ।
-लौकाले मस्तिष्कलाई स्वस्थ राख्नका लागि लौकाको सेवन नै सबैभन्दा राम्रो र सस्तो माध्यम हुन सक्छ ।
-यसलाई जुस बनाएर पनि यसको सेवन गर्न सकिन्छ । लौकाको जुस बनाउन पनि सजिलो भएकाले यसको अत्यधिक सेवनका लागि जुस बनाउन सकिन्छ ।
-मधुमेहका बिरामीहरुको चिनीको मात्रा र ब्लड प्रेसर सन्तुलनमा राख्न पनि लौकाको जुसको प्रयोग गर्न सकिन्छ । पिसाब नलीमा संक्रमण भएका, युरिक एसिड भएकाहरुका लागि यो झनै फाइदाजनक छ ।एजेन्सी
ताजा अपडेट
-
१.
महावीर पुनले पाउनु भो त्रिभुज चुनाव चिह्न
-
२.
नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह
-
३.
अध्यक्ष ओलीको निर्वाचन परिचालन कमाण्डर देवेन्द्र दाहाल,सहकमाण्डरहरु कार्की र काफ्ले
-
४.
१६ एसपीहरूको पदस्थापना
-
५.
निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार
ट्रेन्डिङ
-
१.
नेपाली विद्यार्थीको काउन्सुलर प्रमाणीकरण समस्यालाई समाधान गर्न ठोस कदम चाल्दै कोरिया सरकार
-
२.
काठमाडौं १ बाट कृतु भण्डारीको उम्मेदवारी
-
३.
सामाजिक संजाल र नेपालको राजनीति: शक्ति, प्रभाव र जोखिम
-
४.
रोयल इन्फिल्डसँग ‘लेडिज बाइक राइड’मा नायिका खड्का र मुन्नी
-
५.
यी हुन् पर्वतका प्रमुख चार दलका उम्मेदवार, कसको होला पल्लाभारी?
सम्बन्धित समाचार
नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी
काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...
शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले
काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...
आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...
कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा
काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...




