बिहिबार, माघ ३, २०८१
English
Follow us:

भारोत्तोलन खेलाडी सन्जु मृतावस्थामा फेला

भारोत्तोलन खेलाडी सन्जु मृतावस्थामा फेला

  • खबर सेवा

  • मङ्लबार, बैशाख २७, २०७९

  • 12
    SHARES


तेह्रौँ दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिएकी छन् ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बर्ताए । उनका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो ।

प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बर्ताए । उनले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिए । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आएकी थिइन ।

१९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट भएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आएकी थिइन् । बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको १३औँ सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्। उनले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन्।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology