प्रमुख खवर

जियोकको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदन : निर्वाचन प्रक्रियामा निरन्तर सुधार

काठमाडौं । विगतका निर्वाचनभन्दा स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा कानुनी तथा व्यवहारिक जटिलताबाहेक निर्वाचन प्रक्रियामा सुधार हुँदै गएको पाइएको छ ।

आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) नेपालले स्थानीय तहको निर्वाचन पूर्व गरेको पर्यवेक्षणका क्रममा छिटपुट घटनाबाहेक मनोनय दर्ता शान्तिपूर्ण रुपमा भएको जनाइएको छ ।

समितिले स्थानीय तह निर्वाचनका लागि ३० जिल्लाका २०० पालिकामा ४०० प्रतिनिधिमार्फत पर्यवेक्षण गरेको छ । राजनीतिक दल दर्ता, उम्मेदवारी दर्ता प्रक्रियादेखि मौन अवधि सुरु हुनु एक दिन अगाडिसम्मका सम्पूर्ण वस्तुस्थिति समावेश गरिएको निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदन आज सार्वजनिक गरिएको छ ।

राजनीतिक दल, उम्मेदवार र मतदातासमेत परिपक्व हुँदै गएको, एकाध ठाउँमा बाहेक दल तथा उम्मेदवार शान्तिपूर्णरुपमा प्रचारप्रसारमा खटिइएको, दल तथा उम्मेदवारले एकआपसका विरुद्ध बल प्रयोग गरेको नदेखिएको आज सार्वजनिक निर्वाचनपूर्व पर्यवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

राजनीतिक दलका कार्यकर्ता चुनावी प्रचारप्रसारमा संयमित भएका कारण मतदाताले सुरक्षित महसुस गरेको जियोकले जनाएको छ । पर्यवेक्षणका क्रममा राजनीतिक दलका कार्यकर्ताबीच आपसमा खासै तिक्तता, द्वेष र घृणाको अवस्था नपाइएको, प्रचारप्रसारमा विगतका निर्वाचनभन्दा संयमित भएको पाइएको तथा उम्मेवारी छनोटमा भएको असन्तुष्टिका कारण उम्मदेवारी दर्ताका दिन दलभित्रै केही ठाउँमा झडप भएको पाइएको छ ।

निर्वाचन आचारसंहिता पालनामा राजनीतिक दल तथा सरोकारवाला सचेत भए तापनि उम्मेदवारी दर्ताका दिन उम्मेदवारबाट शक्ति प्रदर्शन गर्ने ध्येयले बाजागाजा, ठूला ब्यानर र झण्डासहित निर्वाचन कार्यालयमा उपस्थित भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन प्रचारप्रसारमा विगतजस्तो तुल, ब्यानरको प्रयोगमा कमी आएको भए पनि मत माग्न जाँदा दलीय गीत गाउने र माइकको चर्को स्वरका कारण मतदाता असन्तुष्ट भएको पर्यवेक्षणबाट देखिएको छ ।

प्रतिवेदन सार्वजनिक गर्न आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन प्रक्रियामा उल्लेख्य सुधार हुँदै गएको महसुस गरिन थालिएको बताए ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले लोकतन्त्रको विकासका लागि निर्वाचन स्वच्छ हुनुपर्ने उल्लेख गर्दै निर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण बनाउन सरोकारवालासँग आग्रह गरे ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उम्मेदवारी दर्तादेखि निर्वाचनपूर्वका समयमा आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको भए पनि सन्तोषजनक नभएको बताए ।

यसबीचमा आयोगले ६० बढी उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेकामा स्पष्टीकरण सोधेको जानकारी दिँदै उहाँले आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन कानुनअनुसार कारबाही हुने बताए ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...