प्रमुख खवर

भरतपुरको मेयरमा किन दिने रेणुलाई भोट ?

भरतपुर । भरतपुरका युवा उद्यमी किरण आचार्यले मेयरमा रेणु दाहाललाई मतदान गर्न अपिल गरेका छन् । भरतपुरको मेयर भएर उल्लेखनीय कार्य गरेकाले दाहाललाई मेयरमा मतदान गरेर विजयी गराउनुपर्ने उनको तर्क छ ।

‘भरतपुरको भविष्यको लागि कृपया रेणु दाहाललाई भोट दिनु होला,’ उनले भनेका छन् । भरतपुरको विकासका लागि रेणुको विकल्प नरहेको उनले बताए ।

‘रेणु दाहाल प्रचण्ड पुत्री मात्र नभएर हिजो जनयुद्धमा होमिएकी संघर्षशील पात्र हुन् र क्षमता भएकी नारी हुन् भन्ने कुरा ५ वर्षे मेयरको कार्यकालले प्रमाणित गरिसकेको छ,’ उनले भने, ‘विपक्षी समेतले रेणुलाई सिधै कम कार्यक्षमता भएकी भनेर नकार्न सकेका छैनन् ।’

विकासको लहर हेर्न र बाँकी रहेका कामलाई सम्पन गर्न कुनै पनि हालतमा रेणु दाहालले जित्नै पर्ने उनको तर्क छ ।

‘२०७४ अगाडिसम्म भरतपुरमा मान्छेहरुको घनत्व मात्रै बढेको थियो, तर पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । रेणु दाहाल जब मेयर बनेर भरतपुरमा आइन्, त्यसपछि चितवनमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो । जनताले बाटो घाटो को (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए । मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफनो कामको शुरुआत गरिन्,’ आचार्यले भने, ‘४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमाउनी मेयर भएर आएपछि ग्राभेको काम गरिन् । केन्द्रीय बसपार्कको स्तरोन्नतीमा उनले ध्यान खिचिन् । आफ्नै बाबु पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी केन्द्रको अध्यक्ष तथा राष्ट्रिय राजनीतिको केन्द्रीय मियो रहेका बेला उनले केन्द्रीय बजेट र परियोजना पनि भरतपुरमा प्रसस्तै भित्राइन् ।’

 

संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङरोड रु ८ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारेको उल्लेख गर्दै उनले फेरी पनि यसरी विकासको अभियान चलाउनुपर्ने धारणा राखे ।

‘सघन शहरी विकासबाट १० कि.मि., प्रदेश सरकारबाट ८.५५ कि.मि., सडक विभागबाट १२ कि.मि. र महानगरबाट १० कि.मि. गरी जम्मा ४०.५५ कि.मि. रिङरोडको काम अगाडि बढाइन् । बाँकी ४८.०६५ कि.मि. निर्माणको काम पनि अहिले अगाडि बढिरहेको छ,’ उनले भने, ‘पुल्चोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडि बढाइन् ।’

बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि पनि रेणुले अघि बढाएकी हुन् । त्यस्तै, हुलाकी सडकको १९ कि.मि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट को सहायक राजमार्ग खण्डको ८ कि.मि. सडकको काम पनि सँगसँगै अगाडि बढाइन् ।

सम्बन्धित समाचार

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ – हृदयराम थानी

काठमाडौँ । नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आउनुभएको छ, आइतबारदेखि जारी दोस्रो...

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

शान्ति सुरक्षा इतिहासकै नाजुक अवस्थामा छ, स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति आवश्यक छ : एमाले

काठमाडौँ । नेकपा एमालेले देशैभरी राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति गठन गर्न निर्देशन दिएको छ । पार्टी...

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

आन्दोलनमा गोली चलाउने आदेश गृहमन्त्रीले दिदैन : लेखक

काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग...

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

कांग्रेसले पार्टी हितविपरीत काम गर्नेको पनि सदस्यता नवीकरण गर्ने, कारबाही फुकुवा

काठमाडौँ। नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोग गर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहा गरी क्रियाशील...