अर्थ

एकैदिन १ हजारले घट्यो सुनको मूल्य !

काठमाडौं ।सुनचाँदी बजारमा सुनको मूल्य एकैदिन एक हजारले घटेको ।

बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले घटेर रु ९७ हजार तोकिएको छ । छापावाला सुन अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २४५ तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

सुनको भाउ ३ लाख नाघ्यो

सुनको भाउ ३ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको...

कति छ तरकारीको मूल्य?

कति छ तरकारीको मूल्य?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

कति छ डलरको भाउ?

कति छ डलरको भाउ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड,...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र...