प्रमुख खवर

निर्वाचनका लागि बाँकेमा सुरक्षाकर्मीसहित छ हजार कर्मचारी परिचालन

काठमाडौं । बाँकेमा स्थानीय तहको निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मीसहित करिब छ हजार २०० परिचालन भएका छन् ।

शुक्रबार हुने निर्वाचनका लागि जिल्लाका आठ पालिकामा निजामती र संस्थानका गरी दुई हजार २०० कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

बाँकेमा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल रहेका छन् ।जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील भएको र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी सोअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।

सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै सुरक्षा निकायलाई जिम्मेवारीअनुसार परिचालन गरिएको छ ।

प्रजिअ खत्रीले भारतसँंग खुला सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदान केन्द्रलाई अतिसंवेदनशील र संवेदनशिलको रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाएको उल्लेख गर्दै भारतँंग सीमा जोडिएका पालिकाको वडामा रहेका मतदान केन्द्र अत्यन्तै संवेदनशीलको रुपमा लिइएको बताए ।

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नेपाल-भारत सीमा ७२ घण्टाका लागि बन्द गर्ने द्विपक्षीय सहमति भइसकेकाले यही वैशाख २७ गते राति १२ बजेदेखि ३० गते राति १२ बजेसम्मका लागि सीमाक्षेत्रबाट हुने आवागमन पूर्णरूपले बन्द गरिएको छ ।

एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा कूल तीन लाख २९ हजार ४७३ ले मतदानमा भाग लिदैछन् ।

सम्बन्धित समाचार

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा

जेन्जी आन्दोलन क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित नियन्त्रणमा जेन्जी आन्दोलनको क्रममा प्रहरी बृत्त बानेश्वरको हिरासतबाट भागेका व्यक्तिलाई सशस्त्र प्रहरीले...

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

झापा सूर्यमय हुन्छ: केपी शर्मा ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने बताउनु भएको छ। आज गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा...

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

कति छ काठमाडौँ उपत्यकाको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा...

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

प्रहरीको राशन स्केल वृद्धिले संगठनमा खुसी, प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि: महानिरीक्षक कार्की

काठमाडौं। सरकारले नेपाल प्रहरीका कर्मचारीहरूको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। लामो समयदेखि...